सुनवल, साउन १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुनवल नगरपालिका वडा नम्बर २ मा सम्पन्न अधिबेशनले सुधा रोकाहाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेेकाे छ ।
अधिवेशन पूर्व वडाध्यक्ष जङ्गी यादवकाे अध्यक्षता एवं पार्टी केन्द्रीय सदस्य केशवराज खनालकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।
जसकाे उपाध्यक्षमा प्रेम सागर पासवान, गुन्जा धनिकार र सुबास यादव, सचिवमा रीना यादव , सह-सचिवमा गिता गुप्ता,
कोषाध्यक्षमा संगिता कुर्मी चयन हुनुभएकाे छ ।
त्यसैगरी सदस्यहरूमा डिल्लीराज शर्मा, भिम प्रसाद गौतम, करण यादव, जयराम कुमाल, सुखारी कुमाल, धर्मेन्द्र धरिकार, श्रीराम नाउँ, शारदा धरिकार, नर बहादुर चौधरी, सकुन्तला ठाकुर, तुल्सी प्रसाद यादव, भागिरथ थारु, सरिता धरिकार, राधेश्याम यादव रहनुभएकाे छ ।
नवगठित समितिले संगठनलाई अझ सुदृढ बनाउदै आगामी दिनमा राजनीतिक गतिविधिलाई अझ प्रभावकारी बनाएर लैजाने बताएका छन् ।
जिल्ला सदस्य प्रेम बहादुर थापाकाे संचालन रहेकाे अधिवेशनमा
जिल्ला उपाध्यक्ष राम जी बाबु पराजुली र सुनवल नगर कमिटी अध्यक्ष दिलकुमारी बुढा मगर लगाएतलेसफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।