ताजा अपडेटः

प्रतापपुर गाउँपालिकाबाट १०८ कृषकलाई कृषि उपकरण वितरण

कल्पना खरेल
प्रतापपुर गाउँपालिकाबाट १०८ कृषकलाई कृषि उपकरण वितरण प्रकाशित मिति: १९ असार २०८२, बिहीबार ०९:२५

नवलपरासी पश्चिम असार १९ गते । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाले किसान लक्षित कार्यक्रम अन्तर्गत १०८ जना कृषकलाई प्रविधिसगँ जोडेको छ । कृषिमा आत्मनिर्भर बनाउने दिर्घकालिन लक्ष्य सहित ५० प्रतिशत लागत साझेदारीमा किसानलाई विद्युतीय मोटर र पम्पसेट वितरण गर्दै प्रविधिसगँ जोडेको हो ।
पालिकाले कृषको आवश्यकता अनुरुप आवेदन माग गरि छनौट प्रकृया मार्फत ७० जना कृषकलाई पानी मोटर र ३८ जना कृषकलाई पम्पसेट वितरण गरिएको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताउनुभयो । कृषिमार्फत जिविकोपार्जन गर्दै आएका पालिकाका कृषकहरुला्‌ई आधुनिक प्रविधिसगँ जोडि उत्पादनमा वृद्धिगरी आत्मनिर्भर बनाउने कार्यक्रमको उदेश्य रहेको छ ।
अध्यक्ष यादवले भन्नुभयो “कृषकलाई प्रविधिसगँ जोड्न सके छिटा,े छरितो र सहज तरिकाले समय अनुकुल र बेमौसमी कृषि उत्पादन गर्न सकिने भएकोले कृषकको जिवनस्तर उकास्न टेवा पुग्ने विश्वास लिएका छौ । ”
उपाध्यक्ष मानकुमारी चौधरीले यस्ता कार्यक्रमहरुले कृषको आत्मविश्वास बढ्नुको साथै आर्थिक रुपमा सशक्त बनाउने विश्वास लिइएको बताउनुभयो । किसानलाई प्रविधिमैत्री बताउदै उत्पादित वस्तुलाई बजारीकरण गर्न थप पहल गर्ने प्रतापपुर गाउँपालिकाले जनाएको छ ।
कार्यक्रम प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव र उपाध्यक्ष मानकुमारी चौधरीको उपस्थितीमा सम्पन्न भएको थियो ।




Ads