ताजा अपडेटः

सुनवलमा छोराले गरे बाबु र छिमेकीको हत्या

कल्पना खरेल
सुनवलमा छोराले गरे बाबु र छिमेकीको हत्या प्रकाशित मिति: २४ जेष्ठ २०८२, शुक्रबार १२:३४

नवलपरासी पश्चिम, जेठ २३ गते । नवलपरासी पश्चिममा दुईजनाको हत्या भएको छ । सुनवल नगरपालिका २ औरहियामा आफ्‌नै छोराले बाबु र अर्का छिमेकीको हत्या गरेका हुन् । आज शुक्रबार बिहान ११ बजे ३५ वर्षीय खेमराज थारुले ५० वर्षीय बाबु दयाराम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी दिनुभयो ।
उनीहरु दुबैजनालाई कोदालोले टाउकोमा प्रहार गरेर हत्या गरेका हुन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । हत्या गर्ने खेमराजलाई घरबाटै पक्राउ गरिएको डीएसपी पन्तले बताउनुभयो ।
खेमराजले के कति कारणले हत्या गरे भन्ने विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।




Ads