ताजा अपडेटः

घाँटीमा मासु अड्किएर मृत्यु

घाँटीमा मासु अड्किएर मृत्यु प्रकाशित मिति: ६ पुष २०७९, बुधबार १७:४७

घाँटीमा मासु अड्किएर दैलेखमा एक जनाको मृत्यु भएको छ।

आज बिहान खसीको मासु खाँदा घाँटीमा अड्किएर नारायण नगरपालिका–६ भूर्तिका ३८ वर्षीय वीरबहादुर सार्कीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सवा दश बजेतिर घाँटीमा अड्किएको मासु ननिक्लिएपछि उनको उपचारका लागि जिल्ला अस्पताल दैलेखमा लगिएको थियो। अस्पतालमा ल्याइसकेपछि दिउँसो पौने १ बजे उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।



Ads