२० नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा साेमबार भुमिको समस्या समाधान सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सरावल गाउँपालिकाकाे अध्यक्ष सुखाडी प्रसाद चौधरीको अध्यक्षता तथा राष्ट्रिय भुमि आयोग पश्चिम नवलपरासीका अध्यक्ष लाल बहादुर गुरुङको प्रमुख आतिथ्यतामा उक्त अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै भुमि आयोगका अध्यक्ष गुरुङले जिल्ला भित्रकाे भूमि सम्बन्धी देखिएका सम्पूर्ण समस्या समाधान गर्न आफ्नाे टिम कटिबद्ध रहेकाे बताउनुभयाे ।
उहाँले भूमिहीनहरूको पहिचान देखि प्रमाणीकरण गर्ने कार्य स्थानीयत सरकारकाे भएकाले वास्तविक भूमिहीनहरूलाई नछुटाउन पालिका अध्यक्ष र वडा अध्यक्षहरुलाई आग्रह गर्नुभएको थियो ।
यसैगरी साेहि क्रममा बाेल्दै गाउँपालिका अध्यक्ष चौधरीले लामाे समयदेखि जकडिएकाे भूमि समस्या आयोगले समयमै समाधान गरि भूमिहीनहरूका हात हातमा लालपुर्जा वितरण गर्न अनुरोध गर्नुभयाे ।
गाउँपालिका द्वारा राष्ट्रिय भुमि आयाेगलाई गरिएकाे स्वागत कार्यक्रममा राष्ट्रिय भुमि आयोगका सदस्य थान प्रसाद गैरे, शोम बहादुर रायमाझी, गाउँपालिकाकाे उपाध्यक्ष बासमति हरिजन प्रमुख ,प्रशासकीय अधिकृत विशाल मिश्रा सरावल गाउँपालिकाका वडा अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि र कर्मचारी लगाएतको सहभागीता रहेको थियो ।