ताजा अपडेटः

सुनवल खानेपानीले गर्याे ३० अति विपन्न परिवारलाई निशुल्क खानेपानी जडान

कल्पना खरेल
सुनवल खानेपानीले गर्याे ३० अति विपन्न परिवारलाई निशुल्क खानेपानी जडान प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलवार १७:४०

सुनवल , फागुन ५ गते । सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्था ले ३० जना गरिब तथा अति विपन्न परिवारलाई निशुल्क खानेपानीकाे मिटर वितरण गरेको छ।
आज मंगलबार एक कार्यक्रमकाे आयाेजना गरि संस्थाका अध्यक्ष विष्णुप्रसाद न्याैपानेले खानेपानीको मिटर वितरण गर्नुभएकाे हाे ।
दुई बर्षमा संस्थाकाे करिब ४ कराेड ऋण पूर्ण रूपमा चुक्ता भएकाे अवसरमा समाजिक उत्तरदायित्व बहन गर्दै करिब १० हजार बाराबर खानेपानीकाे मिटर वितरण गरिएकाे छ ।
सम्पन्न साधारण सभाबाट निर्णय गरि खानेपानीको पहुच पुगेकाे ६ वटा वडाबाट प्रत्येक वडामा ५ जनाकाे दरले ३० जना परिवारलाई शुद्व खानेपानीको खुवाउने लक्ष्य सहित याे अभियान संचालन गरिएकाे संस्थाका अध्यक्ष विष्णुप्रसाद न्याैपानेले बताउनुभयाे ।
उहाँले राजनीति पहुचकाे भरमा बास्तबिक विपन्न परिवार नछुटाउन सचिव मुक्ति बहादुर भण्डारीकाे संयाेजकत्वमा ३ सदस्यीय छनोट समिति गठन गरिएको बताउनुभयाे ।
समितिमा संजयकुमार श्रेष्ठ र सोमप्रसाद पौडेल रहनुभएको थियो।
वितरण गरिएका मिटर करिब ३ लाख बराबर रहेको छ । निशुल्क धारा जडान हुने भएपछि करिब ३० बर्षदेखि कलकाे आर्सेनिक पानी खादेै आउनुभएकाे सुनवल ४ निवासी भगवती कानु मगरले आफू निकै खुसी भएकाे बताउनुभयाे ।
उहँले हालसम्म चापाकलकाे पानी प्रयाेग गर्दै आइरहनुभएकाे थियाे । चापाकलकाे पानीमा राताे बढि हुदा कपडा राताे हुने, भाडाकुडा राताे हुने र शुद्व खानेपानी नहुदा परिवारका सदस्यहरू बेलाबेलामा बिरामी हुने समस्या भाेग्दै आउनुभएकाे थियाे ।
वितरण प्रकृयालाई विवाद रहित र पारदर्शी बनाउन छनाेेट समितिले ६ वटै वडामा रहेकाे खानेपानीकाे वडा संयाेजकसगँ समन्वय गरेर साेहि डाटा अनुरूप नाम निकालिएको थियाे ।
हाल सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले
वडा नम्बर १, २, ३, ४, ६ र १० मा आफ्नाे पहुँच विस्तार गरेकाे छ।
अध्यक्ष न्यौपानेले नगरपालिकासगँ समन्वय गरि संस्थाको आन्तरिक लगानी र नगरपालिकाको सहयोगमा यसअघि करिब २५० गरिब तथा अति विपन्न परिवारलाई निःशुल्क धार जडान गरेकाे थियाे ।
आगामी दिनमा समेत याे कार्यक्रमलाई निरन्तरता दिइने संस्थाले बताएकाे छ ।
खानेपानीकाे अभावगमा आर्सेनिक पानी खान बाध्य रहेका थिए ।




Ads