नवलपरासी पश्चिम बैशाख १८ गते । नवलपरासी पश्चिमको सुनवलमा लागेको आगलागिबाट १० कठ्ठाको उखुँबाली जलेर नष्ट भएको छ । बिहिवार बिहान सुनवल नगरपालिका २ रजहवा स्थित प्रल्हाद पासीको १८ कठ्ठा क्षेत्रफलमा लगाईएको उखुबाली मध्ये करिब १० कठ्ठाको उँखुबालीको १ सय २० क्वइन्टल उखुँ जलेर नष्ट भएको हो ।
स्थानिय कृष्ण बहादुर भण्डारीले सँफा गरेको पोखरीको झाडिमा दिउँसो १२ बजे लगाएकोे आगो हावाले उडाएर पासीको उखु बारीमा पु–याएपछि आगो अनियन्त्रित भएको ईलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरिक्षक सन्तोष पौडेलले बताउनुभयो ।
आगलागि भएको खबर प्राप्त हुनासाथ आफुहरु त्यहाँ पुगेर प्रहरीको टोली ,दमकल र स्थानियको सहयोगमा आगो तत्काल नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुनबाट जोगिएको प्रहरी निरिक्षक पौडेलको भनाई छ ।
सुनवल नगरपालिकामा दमकल नभएकाले आगो निभाउन छिमेकी रामग्राम नगरपालिकाबाट दमकल ल्याइएको थियो । पासीले वार्षिक ३२ हजार तिर्ने सहमतिमा स्याङ्जाका गिरीराज पाण्डेसगँ जग्गा लिजमा लिएका थिए ।
दमकम अभावमा सुनवलमा बर्षेनी आगलागिका घटनाबाट ठूलो धनजनको क्षति हुदै आएको भन्दै तत्काल दमकल ल्याउन स्थानियले माग गरेका छन् ।