ताजा अपडेटः

दाङमा अटो दुर्घटना हुँदा एक जना महिलाको मृत्यु

दाङमा अटो दुर्घटना हुँदा एक जना महिलाको मृत्यु प्रकाशित मिति: ३० कार्तिक २०८०, बिहीबार १०:५८

दाङ – दाङको बंगलाचुलीमा अटो दुर्घटना हुँदा एक जना महिलाको ज्यान गएको छ । दुर्घटनामा बंगलाचुली गाउँपालिका – ५ की ६५ वर्षीया भेगी बुढाको ज्यान गएको हो । दुर्घटनामा घाइते बुढाको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
हिजो बुधबार दिउँसो बंगलाचुली- ५ को गुरासेनी डाँडाबाट रा १ ह ५८०५ नम्बरको अटो ब्रेक फेल भइ झन्डै पाँच सय मिटर तल खसेको थियो ।
घाइतेलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । तर, उपचार सम्भव नभएपछि थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो ।
दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामबहादुर केसीले घाइते बुढाको उपचारका क्रममा गएराति ज्यान गएको जानकारी दिनुभयो ।स्रोतःउज्यालो



Ads