ताजा अपडेटः

पाल्हिनन्दन गाउँपालिकामा ३ दिन उद्योषण तथा नेतृत्व विकास तालिम शुरू

पाल्हिनन्दन गाउँपालिकामा ३ दिन उद्योषण तथा नेतृत्व विकास तालिम शुरू प्रकाशित मिति: २३ चैत्र २०८०, शुक्रबार २१:०१

कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीकाे पाल्हिनन्दन गाउँपालिकाकाे सभाहलमा ३ दिने उद्योषण तथा नेतृत्व विकास तालिम आज शुक्रबारबाट सुरू भएकाे छ ।
नमुना  महिला समाजकि अध्यक्ष सरिता पाैडेलकाे अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिकाे अध्यक्ष बैजुप्रसाद गुप्ताकाे प्रमुख आतिथ्यतामा भएकाे तालिममा ४० जना दिदिबहिनीहरूकाे सहभागीता रहेकाे थियाे ।
कार्यक्रममा बाेल्दै संस्थाकि अध्यक्ष पाैडेलले समाजकाे सकारात्मक रूपान्तरणका लागि महिलाकाे क्षमता अभिवृद्धि गर्दै नेतृत्व विकासमा जाेड दिनुपर्ने बताउनुभयाे । तराईका  मधेसी समुदायमा अझैपनि महिलाहरू विभेदपूर्ण भाेगाइहरू झेल्न बाध्य छन् । आफुमाथि भएका विभेदलाई चिल्दै अधिकार र मागका क्षेत्रमा सहि नेतृत्व लिन सक्ने  क्षमता तयार गर्नु तालिमकाे मुख्य उदेश्य रहेकाे छ ।
नमुना  महिला समाज रामग्राम-३ परासीकाे आयाेजना तथा पाल्हिनन्दन गाउँपालिकाकाे आर्थिक सहयाेगमा शुरू भएकाे तालिमकाे पहिलाे प्रशिक्षण नवलपरासी महिला प्रेस क्लबकाे अध्यक्ष कल्पना खरेलले दिनुभएकाे थियाे ।



Ads