ताजा अपडेटः

बर्दघाटमा यात्रु वाहक बस दुर्घटना

बर्दघाटमा यात्रु वाहक बस दुर्घटना प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार ०६:५९

कल्पना खरेल,नवलपरासी ।  आज पश्चिम नवलपरासीकाे बर्दघाट न.पा.- ४ बर्दघाट बजार स्थित राजमार्गमा पुर्वबाट पश्चिम तर्फ (काठमाण्डौ देखी नेपालगंज) जादै गरेको भे १ ख ९०११ नं. को यात्रु वाहक बस अचानक  अनियन्त्रित भई दुर्घटना भएकाे छ । बिहान अन्दाजी ४:४५ बजे बस सडकको दाहिने साईडमा पल्टिदा बसमा सवार ४० यात्रु मध्ये ७ जना घाईते भई उपचारको लागी चिसापानी अस्पताल बर्दघाट लगिएको  छ ।
घाईते हुनेमा बाके कोहलपुर न.पा. ११ बस्ने बर्ष अं.६८ को जुद्ध बुढाथोकी,साेहि ठाउँका  बर्ष अं.२८ कि अनु चन्द ,बाके नेपालगंज उ.म.न.पा. १७ बस्ने बर्ष अं. ४० को राजिव चौधरी, बाके नेपालगंज उ.म.न.पा. १० बस्ने बर्ष अं. ५८ को अमर ब. बुढा मगर, जिल्ला बर्दिया बर्दिया न.पा. ५ बस्ने बर्ष अं. ७३ को डिल्ली राम थारू, बर्दिया राजापुर न.पा.- २३ बस्ने बर्ष अं. २३ को बिमल चौधरी र बर्दिया मधुवन न.पा. ५ बस्ने बर्ष अं. १९ कि बिनिता मल्ल रहेका छन् ।
घटनामा घाईते हुनेहरूकाे अवस्था सामान्य रहेकाे र बसमा सवार अन्य यात्रुहरुलाई तत्काल अर्को बसमा चढी गन्तब्य तर्फ पठाइएको प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।
घटनाको जानकारी  प्राप्त हुनसाथ  इ.प्र.का बर्दघाटबाट प्र.नि. भिम बहादुर कार्कीको कमाण्डमा टोली  घटनास्थल पुगेकाे थियाे । यतिबेला  बस घटनास्थल नै रहेको छ भने  बस चालक फरार हरेकाेले खोजी कार्य भैरहेकाे समेत डिएसपी पाण्डेले बताउनुभयाे ।



Ads