कल्पना खरेल,सुनवल । पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका वडा नम्बर ५ किरणचोक वैदौलीमा सूर्यपुरा पावर हाउसमा आउने गण्डक नहरमा तैरीएको अवस्थामा आज मृत चितुवा फेला परेको छ ।
विहान करिव १० बजे साे मृत चितुवा स्थानीयले देखेपछि सेमरी प्रहरीलाई खवर गरेपश्चत सो विषयमा डिभिजन वन कार्यालयलाई खवर गरीएको प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी भोजराज पाण्डेले जानकारी गराउनुभएको छ ।
सोहि जानकारी पश्चात डिभिजन वन कार्यालयकाे टाेलीले दिउँसो १२ बजे सो मृत चितुवालाई नहरबाट निकाली बर्दघाट वन कार्यालय ल्याईएकाे डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख महेन्द्रराज वाग्लेले बताउनुभएको छ ।
साथै उहाँले अबकेहि समयमा नै सो मृत चितुवाको मुजुल्का बनाई व्यवस्थित तरीकाले गाडिने समेत जानकारी गरानुभयो ।