ताजा अपडेटः

नेपालका प्रथम शहिद लखन थापा मगरको १४६ औ स्मृति दिवस मनाईयाे

नेपालका प्रथम शहिद लखन थापा मगरको १४६ औ स्मृति दिवस मनाईयाे प्रकाशित मिति: २ फाल्गुन २०७९, मंगलवार १९:५०

 

कल्पना खरेल,सुनवल । नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४६ औ स्मृति दिवस नेपाल मगर संघ नगर कार्य समिती सुनवलको आयोजनामा लुम्बिनी चिनि उधोगको सि गेटमा स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ ।

नगर समितिका अध्यक्ष मन बहादुर थापा (दिपक) काे अध्यक्षतामा , सुनवल नगरपालिकाकाे नगर उप-प्रमुख सुर्य प्रसाद दुबेको प्रमुख आतिथ्यता एबम नेपाल मगर संघ लुम्बिनी मगरात प्रदेश सदस्य मन बहादुर थापा मगरको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दुबेले प्रथम शहिद क्याप्टेन लखन थापा मगर मगर समुदायको मात्रै शहिद नभएर नेपालमा बसोबास गर्ने सबै जातिको शहिद भएको हुदा राज्यले सबै शहिदहरुको एक समान व्यबहार गर्नुपर्नेमा जोड दिनुभयाे ।

साथै उहाँले सबै जाती समुदायको भाषा, धर्म र संस्कृतिकाे संरक्षण र सम्बर्द्धन गर्न स्थानीय सरकार सधैब लागि पर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे ।

लुम्बिनी प्रदेश सद्स्य मन बहादुर थापा, वडा नम्बर ५ का वडा अध्यक्ष नेत्रलाल शर्मा तिवारी,तमु हेउला छोच धिका केन्द्रीय सदस्य मिलन तमु, ओम बहादुर पुन, विनोद पुन, निर्मला सारु, रमेश राना, देउ बहादुर गुरुङ्ग,ओम प्रकास बारघरे, भगवती बश्याल लगएतको मन्तव्य दिनु भएको थियो ।



Ads