ताजा अपडेटः

वडा स्तरीय बहुक्षेत्रीय पोषण समितिको बैठक सम्पन्न

वडा स्तरीय बहुक्षेत्रीय पोषण समितिको बैठक सम्पन्न प्रकाशित मिति: ४ पुष २०७९, सोमबार १८:१८

कल्पना खरेल,सुनवल । सुनवल नगरपालिका वडा नम्बर १ को वडा स्तरीय बहुक्षेत्रीय पोषण समितिको बैठक सम्पन्न भएको छ । बहुक्षेत्रीय पोषण वडा स्तरीय वडा समितीका संयोजक मन बहादुर थापा मगरको अध्यक्षतामा बसेको सो बैठकले विभिन्न विषयमा छलफल गरी निणर्य गरिएको छ ।

वैठकमा आर्थिक बर्ष २०७८/०७९ मा गरिएको सबै कार्यक्रमको जानकारी गराइएको थियो ! गत आर्थिक बर्षमा ४० जना हजार दिन सम्मका बालबालिकाको आमाहरुलाई तालिम र बिभिन्न किसिमका बिहु बिजन, कुखुराको चल्ला र फलफूलका बिरुवाहरु बितरण गरिएको थियो ।

यस आर्थिक बर्ष २०७९/०८० को कार्यक्रममा वडा भित्र रहेका सवै टोलबाट अति बिपन्न र बिपन्न छनोट गरी २० जना हजार दिनका आमाहरूको नाम संकलन गरी माथि उल्लेखित बहुक्षेत्रीय पोषण सामाग्री बितरण गर्ने निणर्य गरीएको वडा अध्यक्ष मन बहादुर थापा मगरले जानकारी दिनुभएको छ ।