ताजा अपडेटः

वाग्मती नदीमा दुई जना बालकको शव फेला

वाग्मती नदीमा दुई जना बालकको शव फेला प्रकाशित मिति: ३१ असार २०७९, शुक्रबार १२:१३

रौतहट। रौतहटको वाग्मती नदीमा दुई जना बालकको शव फेला परेको छ ।

बिहीबार दिउँसोदेखि हराएका बालकको शव आज बिहान भेटिएको हो । रौतहटको दुर्गाभगवती गाँउपालिका- ३ मत्सरीका १३ वर्षीय हर्ष झा र वडा नं. २ भलोहियाका १३ वर्षीय आदित्य दासको शब भेटिको हो ।

बिहीबार विद्यालयबाट फर्किएर वाग्मती नदीमा नुहाउन पसेका दुबै जना बालक बिहिबार देखि बेपत्ता भएका थिय ।दुवै बालकको खोजी कार्यका लागि गोताखोरसहितका सुरक्षाकर्मीहरु परिचालन भए पनि बिहीबार फेला परेका थिएनन् ।

खोजीकै क्रमममा हर्षकुमार झाको शव दुर्गाभगवती-५ बहुअर्वामा र आदित्य झाको शव वडा नंं ३ पर्साटोलमा वाग्मती नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

शव भेटिएपछि हाल मुचुल्कालगातयतका कामहरु गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी सुनिल मल्लले बताए ।



Ads