कल्पना खरेल
प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलवार ०७:१७ सुनवल, वैशाख ८ । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, सुनवल नगर कार्यसमितिले एक कार्यक्रम बीच युट्युब च्यानल उद्घाटन गरेकाे छ। प्रतिष्ठान सुनवल नगर कार्यसमिति अध्यक्ष रमेश तिवारीको अध्यक्षता तथा सामाजिक व्यक्तित्व बाबुराम अर्यालको प्रमुख आतिथ्यतामा युट्युब च्यानलकाे उद्घाटन गरिएकाे हो।
शंखध्वनी सहित उद्घाटन गरिएकाे कार्यक्रममा वडा नं. १ देखि १३ सम्मका सम्पूर्ण भजन समूहहरूको प्रस्तुति ,धार्मिक तथा सांस्कृतिक कार्यक्रम, श्रद्धालु भक्तजनहरूलाई जौको सातु वितरण गरिएकाे थियाे । कार्यक्रमलाई सफल बनाउन उपस्थित भक्तजनहरूले
सहयोग स्वरूप आर्थिक, भौतिक वा अन्य सहयोग
गरेका थिए ।
धर्म, संस्कृति र लोक भजन संरक्षण अभियानलाई अझ सशक्त बनााउदै विश्वव्यापी प्रवद्वन गर्ने लक्ष्य सहित लोक भजन युट्युब च्यानल उद्घाटन गरिएकाे प्रतिष्ठानका अध्यक्ष रमेश तिवारीले बताउनुभयाे ।कार्यक्रममा विशेष अतिथिका रुपमा कलाकार महेन्द्र रेग्मीको उपस्थिति रहेको थियो।