कल्पना खरेल
प्रकाशित मिति: १९ पुष २०८२, शनिबार २१:१८ सुनवल, पुस १९ गते । नेकपा एमाले सुनवल नगर कमिटीको पार्टी सम्पर्क कार्यालकाे उद्घाटन तथा नव निर्वाचित पार्टी केन्द्रीय सदस्यहरूलाई आज सम्मान गरिएकाे छ ।
नगर कमिटी अध्यक्ष मुक्ति बहादुर भण्डारीकाे अध्यक्षता एवं निवर्तमान प्रतिनिधि सभा सदस्य सरिता खनालकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि खनालले जेनजी आन्दोलन पश्चात् सबै दलहरू डराइरहेका अवस्थामा नेकपा एमाले मात्र जुरूक्क उठेकाे बताउनुभयाे । उहाँले जेनजी आन्दाेलनका नाममा नेकपा एमालेकाे पार्टी कार्यालय र पार्टी नेताकाे घरहरू छानीछानी जलाइएपनि हाम्रो मन जलाउन नसकेकाे भन्दै त्यहिँ खरानीकाे टीका लगाएर पुन देश निमार्णमा हाेमिएकाे बताउनुभयाे ।
निवर्तमान प्रतिनिधि सभा सदस्य खनालले युवा, महिला , दलित, मजदुर , सर्वहारा सबैकाे एकमात्र पार्टी भनेेकै नेकपा एमाले भएकाे भन्दै जब जब नेकपा एमाले कमजोर हुन्छ, देश संकटमा पर्ने गरेकाे उल्लेख गर्नुभयाे ।
त्यसैगरी सुनवल नगरप्रमुख एव् पार्टी केन्द्रीय सदस्य बिमला अर्यालले छानीछानी हाम्रा घरहरू जलाइए पनि हामी सतिसाल जस्तै उभिएर रत्तिभर पनि बिचलित नभएकाे बताउनुभयाे ।
उहाँले जेनजीकाे नाममा लुसिफर र सहकारी ठगहरूले देश ध्वस्त बनाएकाे ,राष्ट्रिय र अन्तर्राष्ट्रिय तत्वहरू मिलेर सिहदरबार ,संसद भवन , सर्वाेच्च अदालत र न्यायपालिका जलाउने काम भएकाे बताउनुभयाे ।
केन्द्रीय सदस्य अर्यालले नयाँ दलकाे नाममा जनता झुक्काउने खेल भइरहेकाेले त्यसतर्फ सचेत रहन सबैलाई आग्रह गर्नुभयाे ।
उता केन्द्रीय सदस्य लक्ष्मी क्षेत्रीले सबैकाे साथकाे लागि बिशेष धन्यवाद दिदै आफ्नाे कार्यकाल पार्टीको हितमा रहेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
उहाँले सामाजिक संजालकाे पछि नलाग्न सबैलाई आग्रह गर्दै, नेकपा एमालेले राष्ट्र र राष्ट्रियताका सवालमा सधै खडा भएकाे बताउनुभयाे ।
यसैगरी पूर्व केन्द्रीय स्कुल बिभाग सदस्य बद्री खनाल, केन्द्रीय सल्लाहरका परिषदका सदस्य खिमलाल पाेखरेल , नेकपा एमाले जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारी लगाएले बाेल्दै देशमाथि देखिएकाे विदेशी हस्तक्षेप र आउन सक्ने खतनाबाट जाेगाउन फागुन २१ गते हुन गइरहेकाे प्रतिनिधि सभाकाे निर्वाचनमा नेकपा एमालेलाई बहुमतले जिताउन सबैलाई आग्रह गर्नुभयाे ।
नेकपा एमाले उप-सचिव माेहन बुढाथोकीकाे संचालन र उपाध्यक्ष नरेश्वर पराजुलीकाे स्वागत रहेकाे कार्यक्रममा नवनिर्वाचित केन्द्रीय सदस्यहरू सरिता खनाल, विमला अर्याल, र लक्ष्मी क्षेत्रीलाई सम्मान गरिएकाे थियाे ।