ताजा अपडेटः

जिल्ला प्रहरी कार्यालय नवलपरासीद्वारा अहिले सम्मकै बढि राजस्व संकलन

जिल्ला प्रहरी कार्यालय नवलपरासीद्वारा अहिले सम्मकै बढि राजस्व संकलन प्रकाशित मिति: ४ असार २०८१, सोमबार १७:३१

कल्पना खरेल,नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासीले अहिले सम्मकै बढि रू.११ कराेड,५४ लाख,९५ हजार,४ सय ९९ रूपैया राजस्व संकलन गरेकाे छ ।
आज आइतबार संचारकर्मिहरू सगँ भेटघाट कार्यक्रममा प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यकाे कार्यकाल १ बर्षकाे अवधिमा अहिले सम्मकै सबैभन्दा बढि राजस्व संकलन गरिएकाे जानकारी गराइएकाे हाे ।
जसमा अवैध भन्सार छली सामान वरामदबाट रू.९ कराेड,७० लाख,५८ हजार १ सय १२ ,अवैध नदिजन्य पदार्थ उत्खननतर्फ रू. ५८ लाख,७१ हजार, बन पैदावर ४३.९१ क्यूफिट काठ रू.६ लाख, ८१ हजार ६ सय ७०, श्राेत नखुलेकाे रकम रू.४३ लाख, ५० हजार ,९ सय, सुन र चाँदी बरामद रू.३ लाख, २४ हजार, सवारी साधन लिलाम रू. ५ लाख, २४ हजार, १ सय ११ र फरार प्रतिबादीबाट संकलित राजस्व रू.६६ लाख, ८५ हजार, ७ सय ६  रहेकाे छ ।
अघिल्लो बर्ष २०७९/०८० मा ९ कराेड राजस्व संकलन गरिएकाे थियाे ।  साेहि क्रममा बाेल्दै प्रमुख प्रहरी उपरीक्षक आचार्यले जिल्लाका पत्रकारहरूले दिएकाे सूचना , साथ र  सकारात्मक सहयाेगले आज जिल्ला प्रहरी कार्यालयले आज उत्कृष्ट नतिजा दिन सफल भएकाे भन्दै पत्रकारहरूकाे प्रशंसा गरे ।
उनले समाजमा भएका बेथिति ,विसंगति,अराजकता र तस्करी राेक्न प्रहरीलाई पत्रकारकाे सदैब साथ आवश्यक रहेकाे तर्क राखेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीले  याे एक बर्षमा जिल्लामा ८ सय ५४ वटा समुदाय प्रहरी साझेदारी कार्यक्रम,नागरिक / पिडितमैत्री कार्यक्रम अन्तर्गत भाेगपुरी भाषामा नागरिक बडापत्र राख्नुका साथै १० स्थानमा अल्पसंख्यक प्रहरी कार्यक्रम लगायत नवप्रवर्तन कार्यक्रमहरू गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्य अपराध अनुसन्धान व्यूराे काठमाडौं सरूवा भएका छन् भने साेहि ठाउँमा ज्ञानेन्द्रले फुयाल आएका छन् ।



Ads