कल्पना खरेल
प्रकाशित मिति: २ मंसिर २०८२, सोमबार १७:१३
सुनवल,मंसिर १ गते । नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित पुलमा आज साेमबार
भएको कार दुर्घटनामा चालकको मृत्यु भएको छ। बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको प्रदेश नं.३–०१–०२३ च ५०७५ नम्बरको कार अनियन्त्रि भई साे ठाउँ स्थित पुलबाट खोल्सामा खसेकाे थियाे ।
दुर्घटनामा परि अर्घाखाँचीको पाणिनी गाउँपालिका–६ माझागाउँ बस्ने ८० वर्षीय मणिराम पौडेलको मृत्यु भएको छ ।
पौडेलका छोरा हरिशचन्द्र सामान्य घाइते भएकाे र उनकाे पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेकाे
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं डीएसपी विरदत्त पन्तले बताउनुभयाे । कारमा बाबुछाेरा मात्र सवार हरेका थिए ।