कल्पना खरेल
प्रकाशित मिति: २९ कार्तिक २०८२, शुक्रबार १९:०३ सुनवल, कात्तिक २८ गते । सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाकाे १२ ओै वार्षिक साधारणसभा आज शुक्रबार सम्पन्न भएकाे छ । संस्थाका अध्यक्ष विष्णुप्रसाद न्याैपानेकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सांसद एवं पूर्व मन्त्री खड्ग बस्नेतकाे प्रमुख आतित्थ्यतामा उक्त साधारणसभा सम्पन्न भएकाे हाे ।
साधारणसभामा अध्यक्षकाे प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष न्याैपानेले आफ्नाे दुई बर्षकाे कार्यकालमा संस्थाकाे करिब ३ कराेड ऋण चुक्ता गरी हाल संस्थाकाे कुनैपनि ऋण नभएकाे जानकारी गराउनुभयाे ।
उहाँले पानीकाे गुणस्तरलाई विशेष प्राथमिकता सहित सरसफाईका कार्यक्रम संचालन, धारा जडान बिस्तार, संस्थाका पदाधिकारीलाई अवलोकन भ्रमणदेखि २४ जनालाई १५ दिने प्लम्बिङ तालिम समेत संचालन गरिएकाे बताउनुभयाे ।
यसैगरी कार्यक्रममा बाेल्दै प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश सांसद खड्ग बस्नेतले खानेपानी उपभोक्तासगँ प्रत्येक्ष सराेकारकाे विषय भएकाेले खानेपानी बिस्तार भन्दा गुणस्तरीयतामा ध्यान दिन आग्रह गर्नुभयाे । उहाँले संस्थालाई ऋणमुुक्त गराउनु वर्तमान कार्यसमितिकाे ऐतिहासिक कार्य भएकाे भन्दै यसलाई निरन्तरता दिन सुझाब दिनुभयाे ।
त्यसैैगरी सुनवल नगरप्रमुख विमला अर्यालले आफू निर्वाचित भएपछि खानेपानी र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राख्दै पहिलाे बर्ष ५ हजार लिटर सम्म निशुल्क खानेपानी वितरण गरिएकाे बताउनुभयाे ।
नगरप्रमुख अर्यालले हालसम्म अति विपन्न गरिब ६ सय भन्दा बढि जनतालाई निशुल्क धारा जडान गरिएकाे जानकारी गराउदै, पालिका भित्रकाे हरेक खानेपानी संस्थालाई आवश्यक रकम समेत विनियोजन गरिएकाे जानकारी दिनुभयाे ।
५ हजार ६ सय ४४ घरधुरी रहेकाे यस खानेपानी संस्थाले सुनवल वडा नम्बर १, २, ३ ,४, ६ र १० मा आफ्नाे सेवा विस्तार गरे काे काेषाध्यक्ष दिल कुमारी बुढाथोकीले बताउनुभयाे ।
संस्थाकाे सचिव मुक्ति भण्डाडारीकाे संचालन र उपाध्यक्ष हिमलाल पराजुलीकाे स्वागत रहेकाे साधारणसभामा लेखा समितिका संयाेजक मुक्तिराम भण्डारीले लेखा समितिकाे प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।