२ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमको सञ्चालक समितिले बिहीबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ तथा डिजेल र मट्टितेलमा ३ रूपैयाँले मूल्य घटाइएको छ । नयाँ मुल्य अनुसार अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १५४।५०, दोस्रोमा १५६ र तेस्रोमा १५७ रूपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १३९।५०, दोस्रोमा १४१ र तेस्रोमा १४२ रूपैयाँ भएको छ ।