ताजा अपडेटः

प्रश्न गर्दै छु म समाजलाई(बलात्कार)

प्रश्न गर्दै छु म समाजलाई(बलात्कार) प्रकाशित मिति: ५ असार २०७९, आईतवार १८:४४

देश विकासको बाधक तत्त्व बलात्कार
ग्रसित छ देश विदेश सारा संसार
यती सारो अपराध किन होला बढेको ?
हाम्रो देशमा बलात्कार किन होला चढेको ?

प्रश्न गर्दै छु म समाजलाई,

हेर हेर यी बलात्कारी कति भाका छाडा
पापको कुण्डमा पर्ने छन यी बलात्कारि सारा
यता हेरेयो उता हेरेयो समाचार बलात्कारको
यसरी त मान मर्यादा रहेन हाम्रो धर्म संस्कार

महिलालाई समाजमा बाच्नका लागि किन उत्पनन हुन्छ्न दरार ?
बलात्कार गरि अपराधी अन्य देशमा किन हुन्छ्न फरार ?

प्रश्न गर्दै छु म समाजलाई

यो देशका देशबासी सबै आफ्नो कोहि छैन पराई
यो देशका महिला दिदिबहिनी र पुरुष दाजुभाई
आफ्नै दाजुभाई किन गर्छन दिदिबहिनिलाई बलात्कार ?
के महिलाको स्वतन्त्र भै बाच्न पाउने छैन कुनै अधिकार ?

प्रश्न गर्दै छु म समाजलाई

हामी नेपालिले नेपालिलाई कदर गर्न सिकौँ,
धनको लोभमा मानवले मानवलाई नबेचौँ,
दिदीबहिनीको दर्जा दिई तिहारमा टिको हालिन्छ,
तर तिनै दिदिबहिनिलाई बलात्कार गरि झाडिमा किन फालिन्छ ?

प्रश्न गर्दै छु म समाजलाई
अपराधजनक काम नगर,गर कुनै राम्रो काम,
अपराध गरेर नगराउ आफ्नो नामलाई बदनाम,
महिला कुनै फल होइन जस्लाई काटेर खानलाई,
महिला कुनै वस्तु होइन जस्लाई बेच्न लानलाई,

प्रश्न गर्दै छु म समाजलाई

आफुसगँ कुनै अपराधजनक काम भएर,
अपराध विरुद्ध आवाज उठाउ नबस सहेर,
बेचिएका र हराएका महिलाको गर्नुपर्यो खोज,
बलत्कृत महिलालाई घृणा गर्ने कस्तो तुच्छ सोच,

किन यस्तो भएको प्रश्न गर्दै छु म समाजलाई

जनशक्तीको उत्पादन गरि देशलाई बनाऔं सब्बल ,
महिलालाई पनि शिक्षा प्रदान गरि बनाऔं अब्ब्ल ,
विदेशिले देशको यस्तो हालत देखेर सहाम्रो देशलाई के भन्लान,
विविधतामा एकता भएको देश भनेर नेपाललाई गन्लान ?

प्रश्न गर्दै छु म समाजलाई                                                       लेखक: कृष्ण थापा , सुनवल



Ads