ताजा अपडेटः

तुरिया खोलामा बनाईएको डाईभर्सन बाढिले बगायो

तुरिया खोलामा बनाईएको डाईभर्सन बाढिले बगायो प्रकाशित मिति: ३ असार २०७९, शुक्रबार ०८:०१

सुनवल। पश्चिम नवलपरासीको सुनवल -४ मा रहेको तुरिया खोलामा बनाईएको डाईभर्सन बाढिले बगाएको छ ।

गएराती परेको पानीका कारण तुरीया खोलामा आएको बाढीले डाईभर्सन पुर्णरुपमा बगाएको ईलाका प्रहरी कार्यालय सुनवलले जानकारी दिएको छ ।                                                              पुर्व पश्चिम राजमार्ग भएर यात्रा गर्ने  सवारीसाधनलाई सुनवल चोकबाट देवकोटा चोक स्कुल पछाडिबाट खकरीबारी गैडाखाल हुँदै तुरीयाको पारी बाट निस्कने ब्यबस्था मिलाईएको प्रहरीले जानकारी दिएको छ ।

गत बर्षको बर्षायाममा तुरीया खोलाको पुल भासिएपछि बेलीव्रिज निर्माण गरेर सवारीसाधनको आवतजावतको ब्यबस्था मिलाईएकोमा बेली व्रिज पनि लच्किए पछि  डाईभर्सन बनाएर यात्रा सहज बनाईएको थियो ।

पुर्व पश्चिम राजमार्ग अन्तरगत बुटवल नारायणगढ सडकखण्ड हाल विस्तारका क्रममा छ ।सडक विस्तारको काम सुस्त गतिमा हुँदा यस बर्षको बर्षा याममा पनि यात्रुहरुले निकै सास्ती बेहोर्नुपर्ने भएको छ ।

बुटवल देखी बर्दघाट सम्मको यात्रामा मात्र दर्जनौ ठाउँमा डाईभर्सन पार गर्नुपर्ने अवस्था छ । कतिपय स्थानमा पुल निर्माण सम्पन्न भएर संचालमा आए पनि कतिपय स्थानमा तत्काल पुल निर्माण सकिने अवस्था रहेको छैन ।



Ads