ताजा अपडेटः

सुनसरीमा बस दुर्घटना हुँदा २५ घाईते

सुनसरीमा बस दुर्घटना हुँदा २५ घाईते प्रकाशित मिति: ३१ जेष्ठ २०७९, मंगलवार ०७:०२

सुनसरी। सुनसरीको कोसी गाउँपालिका–७ हरिपुर सडकखण्डमा सोमबार राति बस दुर्घटना भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ६५६४ नंको बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खस्दा चालकसहित २५ जना घाइते भएका छन् ।।

दुर्घटनामा घाइते भएकाको जिल्ला अस्पताल इनरुवा, सैनिक अस्पताल इटहरी र विराटनगरमा उपचार भइरहेको छ ।घाईते मध्य २ जनाको अबस्था गम्भीर र अरुको  सामान्य रहेको प्रहरी ले जनायको छ।

विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको अनुमान गरिएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।



Ads