ताजा अपडेटः

वडा बाल संजालद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाइ तथा सम्मान कार्यक्रम सम्पन्न

वडा बाल संजालद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाइ तथा सम्मान कार्यक्रम सम्पन्न प्रकाशित मिति: २१ जेष्ठ २०७९, शनिबार १८:४९

अमृता सुनार,सुनवल।सुनवल वडा नं ३ मा रहेको वडा बाल संजाल द्वारा वडा नं ३ का नवनिर्वाचित जनप्रतिनिधिलाई बधाइ तथा सम्मान कार्यक्रम सोमनाथ मन्दिरमा सम्पन्न भएको छ ।

वडा बाल संजालको अध्यक्ष अन्जली चापागाईको अध्यक्षता तथा वडा नं ३ का नवनिर्वाचित वडाध्यक्ष पविन गुरुङको प्रमुख आतिथ्यतामा एवम कार्यपालिका सदस्य भुमीकला शर्माको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा वडा सदस्यहरु श्याम बहादुर गुरुङ, गिर बहादुर बुढाथोकी, लक्ष्मी परियार , महिला उधम केन्द्रको सचिव तथा बाल क्लब संरक्षक गौमाया काला थापा , महिला स्वास्थय स्वमसेविका राधिका गौतम , बाल मैत्री स्वमसेविका शान्ति श्रीस, नगर बाल संजालको पूर्व सदस्य एवम वर्तमान वडा बाल संजालका सल्लाहकार खेम बहादुर गुरुङ ,कोटीयामाई बाल क्लबको संरक्षक बिनु परियार , नगर बाल संजालको सदस्य लक्की घर्ती लगाएतको आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा बाल संजालले आगमी आउदो आर्थिक वर्ष २०७९/८० मा हाजीरी जवाफ प्रतियोगिता, लेखन प्रतियोगिता, खेलकुद , रचना प्रतियोगिता , बाल मैत्री कार्यक्रम ,वक्तृत्वकला प्रतियोगिता , सरसफाई , सचेतना कार्यक्रम , बालनेत्रीत्व कार्यक्रम आयोजना गरिने वडा बाल संजालका सचिव कृष्ण थापा क्षेत्रीले जानकारी दिनुभएको छ ।