अमृता सुनार,सुनवल।लेप्रोसिक मिसिन इम्प्याक्ट नेपालद्वारा संचालित सुनवल नगरपालिका वडा नम्बर १ र ४ मा रहेका अपांग कुष्टरोगी एकल महिला र अति बिपन्न समुहको वहुउद्देसिय सहकारी सस्था सुनवलको प्रथम साधारण सभा तथा अधिबेशन सुनवल सामुदायिक सिकाइ केन्द्रको सभाहलमा सम्पन्न भएको छ।
सस्थाको अध्यक्ष तेजराज उपाध्ययको अध्यक्षतामा तथा सुनवल नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त प्रथम अधिबेशनबाट तेजराज उपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्य समिती गठन भएको छ ।जसको उपाध्यक्षमा अन्जु न्यौपाने,सचिब बिराज श्रेष्ठ, कोष्ध्यक्ष स्मृति थापा, सह सचिब ओमकार यादव र सदस्यहरुमा रोमन बुढाथोकी, प्रेम कुमारी घिमिरे, रजनि पान्डे ,निर्दोश ठाडा,याम कुमारी सारु,चन्द्रा सुबेदि लगायत चयन हुनु भएको छ।
सस्थाको प्रगति प्रतिबेदन समुहको सचिब बिराज श्रेष्ठले प्रस्तुत गर्नु भएको कार्यक्रममा आर्थिक प्रतिबेदन कोष्ध्यक्ष स्मृति थापाले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको संचालन लेप्रोसिक मिसन इम्प्याक्ट नेपालका फिल्ड सुपरभाइजर भगवती रावतले गर्नु भएको थियो ।