ताजा अपडेटः

अध्ययन र अनुसन्धानका क्रममा आएका विद्यार्थीलाई सुनवल नगरपालिकाद्वारा स्वागत

कल्पना खरेल
अध्ययन र अनुसन्धानका क्रममा आएका विद्यार्थीलाई सुनवल नगरपालिकाद्वारा स्वागत प्रकाशित मिति: ३ पुष २०८२, बिहीबार २०:१४

सुुनवल, पुस ३ गते । TU School of Management अन्तर्गत MBA दोस्रो सेमेस्टरका विद्यार्थीहरू अध्ययन र अनुसन्धानका क्रममा सुनवल नगरपालिका आएका छन् ।
द्वारा सुनवल नगरपालिकाकाे
सह-निर्देशक फूलप्रसाद सुवेदी र फ्याकल्टी डॉ. भूमिश्वर शर्माको नेतृत्वमा ४० जना विद्यार्थीलेकाे टिम ७ दिनकाे
लाई सुनवल नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलकाे अ Sunwal नगरपालिकामा ७ दिनको अध्ययन र अनुसन्धानका क्रममा सुनवल नगरपालिका आएका हुन् । उक्त टिमलाई प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलको अध्यक्षतामा एक कार्यक्रमकाे आयोजना गरी स्वागत तथा सम्मान गरिएको थियाे ।
उक्त विद्यार्थीहरूकाे ५ -५ जनाकाे समूह बनाई खानेपानी , कृषि , धार्मिक तथा सांस्कृतिक सम्पदा, फोहर व्यवस्थापन, खानेपानीकाे अवस्था , उद्यम उत्पादन लगायतका क्षेत्रका बारेमा तथ्याङ्क संकलन गर्ने कार्यक्रम रहेको छ ।
साेहिँ क्रममा बाेल्दै प्रमुख प्रशासकीय अधिकृत पाैडेलले विद्यार्थीले लिएकाे तथ्यांकले समग्र पालिकाकाे बस्तुस्थिती बुझ्न सकिने बताउनुभयाे । उहाँले सङ्कित तत्थ्याङ्कले आगामी याेजना निर्माण गर्न समेत थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।
कार्यक्रमलाई स्वागत गर्दै नगर प्रवक्ता कृष्णप्रसाद बगालेले विद्यार्थीले यसरी गरेकाे अध्ययन अनुसन्धान कालान्तरमा समेत मुलुककाे लागि समर्पण हाेस भन्ने सुझाव दिनुभयाे ।
कार्यक्रममा जनप्रतिनिधि तथा नगरपालिकाका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।

 




Ads