कल्पना खरेल
प्रकाशित मिति: २५ मंसिर २०८२, बुधबार १७:५६ सुनवल, मंसिर २४ गते । सुनवल नगरपालिकाद्वारा आयाेजना गरिएकाे लैङ्गिक हिंसा विरूद्वकाे १६ दिने अभियान अन्तर्गत आज अन्तिम दिन अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएकाे छ । “प्रविधिको सही प्रयाेग गराै: लैङ्गिक हिंसा अन्त्य गराै ” भन्ने मुल नारा सहित सुरू गरिएकाे कार्यक्रमकाे इलाका प्रहरी कार्यालय सुनवलका इन्चार्ज लक्ष्मण देवकोटाले सहजिकरण गर्नुभएकाे थियाे ।
देवकोटाले लैङ्गिक हिंसा भनेकाे के हाे ? यसका कारणहरू, लैङ्गिक हिंसा बिरूद्व कानुनी व्यवस्था देेखि साइबर क्राइम र यसबाट जाेगिन गर्न सकिने उपायहरूका बिषयमा जानकारी गराउनुभएकाे थियाे ।
साेहिँ क्रममा बाेल्दै कार्यक्रमकाे अध्यक्ष एवम् नगरप्रमुख विमला अर्यालले पितृसत्तात्मक साेचले ग्रसित समाजमा अझैपनि महिला माथिकाे हिंसा कायमै रहेकाेले कुनैपनि हिंसा सहन नहुने सुझाब दिनुभयाे ।
उहाँले अधिकार कसैले किस्तिमा नदिने भन्दै अन्याय गर्नु र अन्याय सहनु दुवै गलत भएकाे बताउनुभयाे । लैङ्गिक समानता, हिंसा न्यूनीकरण र सचेतनाका कार्यक्रमलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउन जरूरी रहेकाे उहाँको भनाई थियाे ।
महिला तथा बालबालिका शाखा प्रमुख केसरी गैरेकाे संचालन र कार्यपाालिका सदस्य एवम् वन बाताबरण तथा बिपत
व्यवस्थापन संयाेजक जुठिमाया पुनकाे स्वागत रहेकाे कार्यक्रममा कार्यपालिका सदस्य, जनप्रतिनिधि , स्वास्थ स्वयंसेवक , सामाजिक तथा राजनीतिक दलका प्रतिनिधि , महिला अधिकारकर्मी लगायतको सहभागीता रहेकाे थियाे ।