ताजा अपडेटः

महाकवि देवकोटा क्याम्पसको रोजगार मेलामा ३१ रोजगार कम्पनीको उपस्थिती

कल्पना खरेल
महाकवि देवकोटा क्याम्पसको रोजगार मेलामा ३१ रोजगार कम्पनीको उपस्थिती प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलवार २०:५४

नवलपरासी पश्चिम, भदौ १७ गते । नवलपरासी पश्चिम स्थित सुनवल ४ मा रहेको महाकवि देवकोटा क्याम्पसले आयोजना गरेको रोजगार मेलामा ३१ रोजगार कम्पनीको उपस्थिती रहेको छ । नवलपरासी र रुपन्देहि जिल्लामा रहेका शिक्षण संस्थातर्फ ६, बैंकतर्फ ६, निमार्ण व्यवसायतर्फ ६, हस्पिटालीटीतर्फ ६, होटेलव्यवसायतर्फ ६ गरी जम्मा ३१ रोजगार कम्पनीको उपस्थिती रहेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद लामिछानेले बताउनुभयो ।
क्याम्पसबाट स्नातक र स्नातकोत्तर तहको अध्ययन पुरा गरी देशमै रोजगारीको पर्खाइमा बसेका विद्यार्थीहरुलाई रोजगारीको लागि पहल गर्ने उदेश्य सहित रोजगार मेलाको आयोजना गरिएको हो ।
आज मंगलबार आयोजना गरिएको रोजगार मेलामा करिब १ सय भन्दा बढि विद्यार्थीले अन्तरवार्ता दिने अनुमान गरिएको क्याम्पस प्रमुख नारायण ढकालले बताउनुभयो । यस मेलामा रोजगारको अवसरको खोजिमा रहेका दक्ष्य जनशक्ति र रोजगारदाता विच क्याम्पसले पुलको रुपमा काम गर्नेछ ।
मेलामा आफ्‌नो रोजाइले कम्पनी छनौट गरेर अन्तरवार्ता दिन पाउदा देशमै रोजगार सृजना हुदोरछ भन्ने सोचको विकास भएकोमा निकै खुसी लागेको क्याम्पसबाट विएड पास भइ रोजगारका लागि अन्तरवार्ता दिएका विद्यार्थी राजु ज्ञवालीले बताउनुभयो ।
मेलाले विद्यार्थीमा अन्तरवार्ता दिदाको अनुभव र अवसर दुवै महसुस गराएको छ । कम्पनीले नागरीकको बढ्दो वैदेशीक मोहका कारण दक्ष जनशक्तिको अभाव खेपिरहेको अवस्थामा यस मेलालाई हामिले पनि अवसरको रुपमा लिएको लक्ष्मी स्टिल प्रा.ली.का प्रबन्धक दामोदर पौडेलले बताउनुभयो ।
अघिले बर्ष मात्र यस क्याम्पसबाट ३१ वटा कम्पनीले ५१ जना विद्यार्थीलाई रोजगार दिएको थियो । यो क्याम्पसले आयोजना गरेको दोस्रो रोजगार मेला हो । लुम्बिनी प्रदेश सांसद खड्ग बस्नेतको प्रमुख आतित्थ्यतामा औपचारीक कार्यक्रम सुरु भएको रोजगार मेलामा क्याम्पस प्रमुख नारायण ढकालले मेलाको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।
शिक्षक हरिदत्त शर्माको संचालन रहेको कार्यक्रममा सुर्य ज्योती लाइफ इन्स्यारेन्सको तर्फबाट प्रेम अर्याल, लक्ष्मी स्टिलका प्रबन्धक दामोदर पौडेल, क्याम्पसका पूर्व अध्यक्ष एवं क्याम्पस संरक्षक विष्णु पौडेल लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।




Ads