सुनवल असार २९ गते । सुनवल नगरपालिकाको बजार अनुगमन समितिले आज आईतबार गरेको बजार अनुगमनका क्रममा सडेगलेका बोकाको खुट्टा , कम तौलका ढक , म्याद सकिएको औषधी र बिना लेबलको समान जफत गरेको छ । संयोजक सिता मिमिल्सिाको संयोजकत्वमा खटिएको बजार अनुगमन टोलीले सुनवल नगरपालिका वडा नम्बर १,२,३ र ५ कोे अनुगमनमा उक्त सामानहरु फेला परेको हो ।
बजार क्षेत्रमा राखिएको मासु पसल, दुग्ध डेरी र भेटनरीहरुको अनुगमन गर्दा सुनवल ५ स्थित फिरोज मासु पसलबाट ८ केजी बोकाको सडेगलेको खुट्टा, कम तौलको ढक, अनुमति नलिइ लेबल नलगाइ बेच्न राखिएका घ्यू , म्याद सकिएका विषादी औषधीहरु फेला परेको थियो ।
सामान जफत गरिएका पसलहरुलाई सचेत गराउदै आवश्यक निर्देशन सहितको खबरदारी गरिएको अनुगमन समितिको संयोजक सिता तिमिल्सिनाले बताउनुभयो । अनुगमनमा पशु रोग अन्बेषण प्रयोगशाला परासीका वरिष्ठ पशु चिकित्सक भरत काफ्ने, सुनवल नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, प्रशासकिय अधिकृत खेमराज ढकाल पशुसाखा प्रमुख मिश्रीप्रसाद खड्का, उद्योग वाणिज्य संघ सुनवलका प्रतिनिधि हरी प्रसाद न्यौपाने, उपभोक्ता हकहित संरक्षण मंचका अध्यक्ष विष्णु प्रसाद पौडेल, नगर निरीक्षक दिपक तिवारी लगाएतको उपस्थिती रहेको थियो ।