ताजा अपडेटः

श्री शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाकाे २०८०/०८१ मा रू ५७ लाख भन्दा बढि शुद्व नाफा

कल्पना खरेल
श्री शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाकाे २०८०/०८१ मा रू ५७ लाख भन्दा बढि शुद्व नाफा प्रकाशित मिति: November 30th, 2024

मंसिर १५, नवलपरासी । श्री शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. सुनवल-५, बनकट्टि पश्चिम  नवलपरासीकाे १८ ओै वार्षिक साधारणसभा आज सनिवार सम्पन्न भएकाे छ ।
” हातमा हात मिलाई, अघि बढ्छाै हामी , सदस्यकाे लागि , शुभलक्ष्मी सहकारी ” भन्ने नारा सहित संस्थाकाे अध्यक्ष गंगा बहादुर गुरूङकाे अध्यक्षता तथा नरप्रमख विमला अर्यालकाे प्रमुख आतिथ्यतामा उक्त वार्षिक साधारणसभा सम्पन्न भएकाे हाे ।
साधारणसभामा बाेल्दै नगरप्रमुख अर्यालले संस्था अगाडि बढ्न नेतृत्वकाे भुमिका महत्वपूर्ण हुने भएकाेले पार्दर्शि ढंगले काम गर्न संचालक समितिलाई सुझाब दिनुभयाे ।
पछिल्लाे पटक सहरकारीकाे आर्थिक हिनामिनाका समाचार बाहिरीए सगैँ नागरिकमा सहकारीप्रति विश्वस्नियतामा कमि आएकाेले पुन सेयर सदस्यमा उत्साह ल्याउन आवश्यक रहेकाे उहाँको भनाई छ   ।
नगरप्रमुख अर्यालले सुनवल नगरभित्र कुनैपनि सहकारी संस्थालाई जनताकाे पैसा हिनामिना गर्न दिइने छैन भन्दै , स्थानीय सरकार अभिभावकत्व निर्वाह गर्न सदैब तयार रहेकाे स्पष्ट पार्नुभयाे ।
साधारणसभामा अध्यक्षकाे वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष गंगा बहादुर गुरूङले  आर्थिक बर्ष २०८०/०८१ मा संस्थाकाे कुल सम्पत्ति रू १७ कराेड २५ लाख ४१ हजार ३ सय ९१ रूपैया , कुल शेयर पुँजी १ कराेड १४ लाख ७४ हजार ८ सय रूपैया , कुल बचत १४  कराेड ३७ लाख १७ हजार ४ सय ४१ रूपैया र कुल ऋण लगानी १३ कराेड ५० लाख ५७ हजार ७ सय ६७ रूपैया रहेकाे जानकारी दिनुभयाे ।
त्यसैगरी लेखा संयाेजककाे प्रतिबेदन प्रस्तुत गर्दै  संयाेजक सन्ताेष शर्माले संस्थामा हालसम्म महिला सदस्य संख्या ६ ८६ र पुरूष सदस्य संख्या ४६६ गरि जम्मा सदस्यता ११६० रहेकाे बताउनुभयाे ।
साेहि क्रममम उहाँले आर्थिक बर्ष २०८०/०८१ मा संस्थाकाे शुद्व नाफा रू. ५७ लाख ५६ हजार ३ सय ३० रहेकाे जानकारी दिनुभयाे । उता काेषाध्यक्षकाे प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकाे काेषाध्यक्ष निम बहादुर शाहीले आगामी आर्थिक बर्ष २०८१/०८२ मा सदस्य संख्या ११६० बाट बढाएर १४ सय पुर्याउने लक्ष्य रहेकाे बताउनुभयाे ।
त्यसैगरी  आ.व. २०८१/०८२ मा सेयर पुँजीमा १२ % ले वृद्धि गरि रू. १ कराेड,२८ लाख ५१ हजार , संस्थागत पुँजीमा वृद्धि गरि  ६६ लाख ८१ हजार १ सय ८७ पुर्याइने लक्ष्य रहेकाे जानकारी दिनुभयाे ।
साधारणसभामा जेष्ठ शेयर सदस्य, एस ईई मा उत्कृष्ट अंक ल्याउने छात्र छात्रा,उत्कृष्ट ऋणि, असल ऋणि, उत्कृष्ट दैनिक बचतकर्ता र उत्कृष्ट बाल बचतकर्ता सम्मान गरिएकाे थियाे भने सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएकाे थियाे ।
संस्थाका सह- सचिव दिपक प्रसाद पाैडेलकाे संचालन र उपाध्यक्ष यम प्रसाद पाण्डेकाे स्वागत रहेकाे कार्यक्रममा नगर उपप्रुमख सुर्यप्रसाद दुवे, वडा नम्बर ५ का वडा अध्यक्ष नेत्रलाल शर्मा तिवारी , लुम्बिनी साकाेसका अध्यक्ष लेखनाथ खरेल, उज्यालो नेपालका अभियान्ता नारायण ज्ञवाली लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।




Ads