ताजा अपडेटः

नवलपरासीको सुस्तामा चट्याङ लागेर एक महिलाकाे मृत्युु

नवलपरासीको सुस्तामा चट्याङ लागेर एक महिलाकाे मृत्युु प्रकाशित मिति: २५ बैशाख २०८१, मंगलवार २२:२७


श्याम थापा
चट्याङ लागेर पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा न ५ पक्लिहवा स्थित तरैनीकि २८ बर्षकी पुनम कुशवाहाकाे मृत्यु भएकाे छ ।
उनको आज मंगलवार बिहान करिब ११ बजे हावाहुरिकाे बेला बगैचा जादा परेकाे चट्याङ लागेर ज्यान गएकाे हाे ।
इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले घटना स्थलमा हेर्दा महिलाको चट्याङ लागेर मृत्यु हुन सक्ने अनुमान गरिएको भएपनि पोस्टमार्टमको प्रतिबेदनबाट मात्र घटना के कति कारणले भएकाे पुष्टि हुने बताएका छन् ।
मृतक पुनमको सन्तानमा एक छाेरा र एक छाेरी छन भने श्रीमान वैदेशिक रोजगारको शिलशिलामा सउदी अरबमा कामदार रहेका छन् ।  श्रीमान् ओम प्रकाश कुशवाहा घर फर्किएपछि मात्र कानुनी प्रकृया पुरा गरि दाह संस्कार गरिने परिवारस्राेतले जनाएको छ ।



Ads