ताजा अपडेटः

नवलपरासीमा श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान  तीन दिनपछि पक्राउ

नवलपरासीमा श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान  तीन दिनपछि पक्राउ प्रकाशित मिति: २४ बैशाख २०८१, सोमबार १९:३५

कल्पना खरेल, नवलपरासी । श्रीमती हत्या गरि फरार रहेका श्रीमान जाेखन कँहारलाई घटना भएकाे तीन दिनपछि आज नवलपरासी प्रहरीले पक्राउ गरेकाे छ ।
बैशाख २१ गते शुक्रबार राती साढे ११ बजे रामग्राम नगरपालिका वडा नं. १६ सबुनी स्थित वर्ष ३० की ललिता कँहारलाई श्रीमान जोखन कँहारले घाँटी र कोखामा धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेका थिए ।
हत्या पश्वात फरार भएका  जाेखन आज  बिहान ८:४५ बजे  पाल्हिनन्दन गाउँपालिका वडा नं. ६ पडरी स्थित नेपाल भारत सिमानामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरीएकाे हाे ।  पक्राउ पश्चात जाेखनलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले  कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत परासीबाट पाँच  दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको सुचना अधिकारी सुदर्शन पन्थी जानकारी दिनुभएकाे छ ।



Ads