ताजा अपडेटः

कंचनपुरको डोकेबजर टोल विकास संस्था द्वारा खेल समाप्त

कंचनपुरको डोकेबजर टोल विकास संस्था द्वारा खेल समाप्त प्रकाशित मिति: २१ बैशाख २०८१, शुक्रबार ०८:५९

 

प्रदिप न्यौपाने /

कंचनपुरको डेकेबजार टेनिस कप २०८१ सम्पन्न

कंचनपुरको डेकेबजार टेनिस कप २०८१ सम्पन्न

सर्ब प्रथम डोकेबजर टोल विकास संस्था द्वारा मिति २०८१ बैशाख ९ गते देखि १९ गते सम्म आयोजित डोकेबजर टेनिस कप -२०८१ को प्रतियोगितामा पुनर्बास नगरपालिका वडा न ११ को वडा कार्यालयले मुख्य प्रायोजकको भूमिकामा र पुनर्बास नगरपालिका वडा न ११ स्थित कन्चन पब्लिक स्कुलले सह-प्रायोजकको भूमिकामा रहेर प्रतियोगिता संम्पन्न गर्न बिशेष सहयोग गरिदिनु भएकोमा आयोजक टोलि बिशेस धन्यवाद दिन चाहन्छ // साथै हिजो भएको फाइनल खेल आयोजक र धनगढी स्थित टिम बुडा बाघ को बीच मा भएको थियो जसमा फाइनल सम्मको यात्रा मा आफ्नो एक खेल पनि न गुमाएको आफ्नो पोल को शिर्ष स्थानमा रहेको टिम बुडा बाघ आयोजक टोलि संग खेलेको थियो / टस हारेर पहिले ब्याटिंग को निम्तो पाएको डोकेबजरले १६ ओभर मा ६ विकेट गुमाउदै १९५ रन जोड्न सफल भयो / जसमा डोकेबजर का अभिनास सिंह ले सतकीय पारि खेल्दै ५ चौका र १२ छक्का को मद्दतले ३७ बलमा १०५ रनको योगदान गरे /टस जितेर बलिंगमा उत्रिएका बुढा बाघले पहिलो ९ ओभर सम्म खेललाई कसिलो बलिंग ले आफ्नो पक्ष मा राख्न सफल भएपनि अभिनास सिंह को आगमन संगै एका एक रनको पाहाड खडा भएको हो जसमा प्रतियोगिता भरिमै उत्कृस्ट बलिंग गरेका अभिषेक कुँवर ले फाइनल मा भने आफ्नो कोटाको २ ओभर मै कुनै पनि सफलता नदीलाई ४७ रन दिन पुगे / अर्का उत्कृस्ट मानिएक बलर आशिष उपाध्याय ले पनि कुनैपनि सफलता बिना नै २ ओभर मा ३३ रन दिन पुगे र निराशा छाएको बुढाबाघ लाइ अन्त: आशिष धामी र अमित शर्मा ले समान २/२ विकेट दिलाए /१९६ रन को बिशाल लक्ष पछ्याउने क्रममा जवाफी ब्याटिंग मा मैदान उत्रिएको बुढाबाघ डोकेबजार को घातक बलिंग को अघाडी निरिह देखिए पछी सुरुवाती चरण देखिनै लगातार आफ्ना विकेट गुमाएको बुढाबाघ ले १३.४ ओभरमा आफ्ना सबै विकेट हरु गुमाउदै १३८ रन मात्र जोड्न सफल भयो जसमा रमेश पन्त ले १८ बल को सामना गर्दै ३ चौका र ३ छक्का को मद्धतले सर्बाधिक ३८ रन प्रहार गरे / टिम बुढाबाघ लाइ सस्तै मा समेट्न डोकेबजारका अभिषेक कोइराला र मानब ठगुन्ना ले समान ३/३ विकेट लिए /आयोजक टिमले जित संगै प्रथम पुरस्कार नगद २०००० साथमा ट्रफी , मेडल र प्रमाण पत्र प्राप्त गर्यो भने द्वितीय बुढाबाघ ले नगद रु १०००० साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेको छ / प्रतियोगिता को उत्कृस्ट ब्याट्स म्यान डोकेबजर का अभिनास सिंह , उत्कृस्ट बलर सन्दिप कायस्थ र उत्कृस्ट खेलाडी मा टिम बुढाबाघ का अमित शर्मा ले हातपारे /आगामी दिन्मा फेरि सफलताका हातहरु मिल्दै जाउन सुभकामना।



Ads