ताजा अपडेटः

भन्सार छलिका  ५ लाख भन्दा बढिका सामान पक्राउ 

भन्सार छलिका  ५ लाख भन्दा बढिका सामान पक्राउ  प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार १९:२०

कल्पना खरेल, नवलपरासी । भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याइएको करिब ५ लाख भन्दा बढि मूल्य बराबरकाे अबैध सामान  नियन्त्रणमा लिएकाे छ ।
इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले आज साेमबार सुनवल १ देवकोटा चोकमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मूल्य रु १ लाख ९३,हजार ४० मुल्य बराबरको कपडा तथा इलेक्ट्रोनिक सामान नियन्त्रणमा लिएकाे हाे ।


त्यस्तै इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरी टोलीले आजै पाल्हीनन्दन गाउपालिका वडा नं. १ महेशपुर चोकमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी  ३ लाख १२ हजार ५ सय मुल्य बराबरको सलको कपडा तथा अटो नियन्त्रणमा लिएकाे छ ।
नियन्त्रणमा लिएकाे अबैध सामान, अटाे तथा मानिसलाई आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभयाे ।



Ads