ताजा अपडेटः

प्रतिवन्धित लागुऔषध सहित मानिस पक्राउ

प्रतिवन्धित लागुऔषध सहित मानिस पक्राउ प्रकाशित मिति: १६ बैशाख २०८१, आईतवार २२:०४

कल्पना खरेल, नवलपरासी ।  जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) बाट खटिएको  चेकिङ टोलीले आज आइतबार साझँ साढे ६ बजे प्रतिबन्धित लागू ओैषध सहित मानिस पक्राउ गरेकाे छ ।
रामग्राम नगरपालिका वडा नं. ७ उजैनी स्थित  महेशपुर बाट परासी तर्फ आउदै गरेको UP 56 E 2876 को मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मो.सा. चालक  रामग्राम न.पा. ७ उजैनीका ५३ वर्षका निर्मल नेटुवाको साथबाट प्रतिबन्धित लागू ओैषध फेला परेकाे हाे ।
केवटकाे  कम्मरमा रुमालले बेरी ल्याएको अवस्थामा लागुऔषध डाईजेपाम ४६ एम्पुल, फेनारगन  ४८ एम्पुल र नुफिन  ४९ एम्पुल फेला पारी बरामद गरीएकाे जिल्ला प्रहरी कार्यलय नवलपरासीले जनाएकाे छ।
उक्त लागुऔषध सहित केवटलाई तत्काल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम मार्फत अदालतबाट लागु औषध सम्बन्धि कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभयाे ।



Ads