ताजा अपडेटः

सुनवलमा भएकाे सवारी दुर्घटनामा एककाे मृत्यु

सुनवलमा भएकाे सवारी दुर्घटनामा एककाे मृत्यु प्रकाशित मिति: १६ बैशाख २०८१, आईतवार १८:४८


कल्पना खरेल, नवलपरासी ।  पश्चिम नवलपरासीकाे सुनवल  १२ भुमही चोक स्थित पूर्व पश्चिम राजमार्गमा आज बिहान साढे १० बजे भएकाे सवारी दुर्घटनामा परीएककाे मृत्यु भएकाे छ ।
पश्चिमबाट पूर्व तर्फ जादै गरेको  UP 55 BT 2546 नं.को ट्रकले सोही दिशा तर्फ जादै गरेको लु २६ प ९२८ नं. को स्कुटरलाई ठक्कर दिदा स्कुटर पछाडी सवार गुल्मी घर भइ हाल सुनवल १३ सुन्दर बस्ती काेठा भाडामा बस्ने बर्ष ३७ कि कमला घर्ती मगरकाे मृत्यु भएको हाे ।
उनकाे टाउँको र छातिमा गम्भीर चोट लागेकाेले जिल्ला अस्पताल परासीमा उपचारको लागि ल्याएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
भने स्कुटर चालक सुनवल १३ सुन्दर बस्ति बस्ने ५५ वर्षका कर्ण ब. गुरुङको दायाँ खुट्टा, दायाँ हातको कुममा चोट लागि अवस्था सामान्य रहेकाेले सामुदायिक अस्पताल भुमहीमा उपचार भईरहेको छ ।
ट्रक चालक भारत आजिङगढका ३१ वर्षका श्रवण यादवलाई   नियन्त्रण लिइएकाे प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभयाे ।



Ads