ताजा अपडेटः

सुनवलमा  १ महिने ड्राइभिङ ट्रेनिङ सम्पन्न

सुनवलमा  १ महिने ड्राइभिङ ट्रेनिङ सम्पन्न प्रकाशित मिति: १३ बैशाख २०८१, बिहीबार २१:०६


कल्पना खरेल,नवलपरासी । महिला उद्यम केन्द्र तथा व्यवस्थापन समिति सुनवल – १३ पश्चिम नवलपरासीमा आज बिहीबार  ड्राइभिङ ट्रेनिङ समापन कार्यक्रम सम्पन्न भएकाे छ ।
महिला उद्यम केन्द्रकी अध्यक्ष नमिता थापाकाे अध्यक्षता तथा सुनवल नगरप्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यतामा  उक्त ड्राइभिङ ट्रेनिङ  समापन भएकाे हाे ।
कार्यक्रममा बाेल्दै नगरप्रमुख अर्यालले तालिम तालिममा मात्र सिमित नभई व्यवहारमा लागु गर्नुपर्ने भन्दै सिकेका सिपलाई दक्षतामा परिणत गर्न प्रशिक्षार्थीलाई आग्रह गर्नुभयाे ।
उहाँले महिलालाई सिपसगँ जाेडि आत्मनिर्भर बनाउने स्थानीय सरकारकाे लक्ष्य रहेकाेले  सिकेका सिपबाट राेजगार सृजना गर्ने बाताबरण तयार गर्न सुझाब समेत दिनुभयाे । महिला उद्यम केन्द्र तथा व्यवस्थापन समितिकाे सचिव सरस्वती खड्का केसीकाे संचालन रहेकाे कार्यक्रममा नगरप्रवक्ता तथा वडा नम्बर १२ का वडा अध्यक्ष कृष्णप्रसाद वगाले, कार्यपालिका सदस्य जुठिमाया गुरूङ, वडेरा सामुदायिक वनका अध्यक्ष  मदन पन्त , प्रशिक्षक गाेविन्द ढकाल, प्रशिक्षार्थी लक्ष्मी ढकाल लगाएले बाेल्नुभएकाे थियाे ।
फाल्गुनकाे १५ गतेदेखि सुरू भएकाे १ महिने ड्राइभिङ ट्रेनिङमा ८ जना महिला र १५ जना पुरूष गरी जम्मा २३ जना प्रशिक्षार्थीकाे सहभागीता रहेकाे थियाे ।



Ads