ताजा अपडेटः

नेकपा एमाले सुुनवल नगर कमिटी अध्यक्षमा मुक्ति बहादुर भण्डारी निर्वाचित

नेकपा एमाले सुुनवल नगर कमिटी अध्यक्षमा मुक्ति बहादुर भण्डारी निर्वाचित प्रकाशित मिति: ५ बैशाख २०८१, बुधबार २१:५१


कल्पना खरेल, नवलपरासी । नेकपा एमाले सुनवल नगर कमिटीकाे आज बुधबार सम्पन्न दाेस्राे नगर अधिवेशनबाट मुक्ति बहादुर भण्डारी अध्यक्षमा निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिस्पर्धी मुरली गाैतमलाई २८ मतले हराउदै उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
भण्डारीले १ सय २ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी  गाैतमले ७४ मत ल्याएका थिए । त्यसैगरी अधिवेशनले नरिश्वर पराजुलीलाई उपाध्यक्षमा निर्विरोध निर्वाचित गरेकाे छ ।  उता सचिवमा पदम बहादुर क्षेत्री र श्याम बहादुर गुरूङ्ग विच भएकाे प्रतिस्पर्धामा क्षेत्रीलाई १५ मतले हराउदै गुरूङ्ग  निर्वाचित भएका छन् । जसमा श्याम बहादुर गुरूङ्गले ९३ मत ल्याएका थिए भने पदम बहादुर क्षेत्रीले ७८ मत ल्याएका थिए ।
यसैगरी उप सचिव खुल्ला तर्फ भएकाे प्रतिस्पर्धामा माेहन बहादुर बुढाथोकी ५७ मतका साथ विजयी भएका छन् । उनकाे प्रतिस्पर्धी हरि प्रसाद चापागाईंले ४६ मत, विष्णुप्रसाद पाैडेलले ३१ मत र बिमल के सीले २४ मत ल्याएका थिए ।
त्यसैगरी उपसचिव खुला महिला तर्फ तुलसी कुवर ९१ मतका साथ विजयी भएकी छन् ।  उनकाे प्रतिस्पर्धी मिना नेपालीले ७३ मत ल्याएकि थिइन् ।
नगर अध्यक्ष दुर्गा नारायण सुवेदीको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य माननीय सरिता खनालकाे प्रमुख आतिथ्यतामा भएकाे दाेस्राे नगर अधिवेशनमा नेकपा एमाले केन्द्रीय सदस्य तथा सुनवल नगरप्रमुख विमला अर्याल, प्रदेश सदस्यहरू थान प्रसाद गैरे, सुर्य न्याैपाने, सरस्वती सुवेदी , लक्ष्मी क्षेत्री , नेकपा एमाले जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारी , उपाध्यक्ष डाेलराज भण्डारी लगाएर विभिन्न राजनैतिक दलका नगर अध्यक्ष तथा प्रतिनिधिकाे उपस्थिति रहेकाे थियाे ।



Ads