ताजा अपडेटः

धाैलागिरी सहकारी सुनवलद्वारा १ दिने निशुल्क आँखा शिविर कार्यक्रम

धाैलागिरी सहकारी सुनवलद्वारा १ दिने निशुल्क आँखा शिविर कार्यक्रम प्रकाशित मिति: २९ चैत्र २०८०, बिहीबार २२:२५

कल्पना खरेल, नवलपरासी । धाैलागिरी बचत तथा ऋण सहकारी संस्था लि. सुनवल २ पश्चिम नवलपरासीमा १ दिने निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएकाे छ  । धाैलागिरी बचत तथा ऋण सहकारी संस्था लि. काे आयाेजना र नेपाल नेत्रज्याेति संघ डा. विनाेद निता कंडेल आँखा अस्पताल परासीकाे प्राविधिक सहयाेगमा आज बिहीबार उक्तशिविर सम्पन्न भएकाे हाे ।
संस्थाका अध्यक्ष लक्षुमन बानियाकाे अध्यक्षता तथा नेपाल रेडक्रस सुनवल उपशाखाका अध्यक्ष गाेपाल प्रसाद शर्माकाे प्रमुख आतिथ्यतामा सम्पन्न आँखा शिविरमा सेयर सदस्य, वडाबासी गरि ३ सय बढिले आँखा चेकजाँच गराएका थिए ।
विपन्न,अशिक्षित र स्थानीय समुदायलाई लक्ष्यित गरि आयाेजना गरिएकाे आँखा शिविरले आँखा चेकजाचँ गर्नका लागि धाउनुपर्ने बाध्यताकाे अन्त्य गर्दै आखाँकाे समस्या पहिचान गरि निराकरण गर्ने लक्ष्य राखिएकाे संस्थाका अध्यक्ष लक्षुमन बानियाले बताउनुभयाे ।
त्यसैगरी साेहि कार्यक्रममा बाेल्दै आँखा चेक गर्न आउने आखाँका बिरामीले घर आगनमा आएकाे शिविरले सहज भएकाेले धेरै खुसी लागेकाे विचार राखेका थिए ।
उता नेपाल नेत्रज्याेति संघ डा. विनाेद निता कंडेल आँखा अस्पताल परासीकि वरिष्ठ नेत्र साहायक प्रमुखले भने चेकजाँचका क्रममा बढि मात्रा माेतियाविन्दु र मासु पलाएकाे आखाँका विरामी बढि देखिएकाे र बालबालिकालाई भने खासै समस्या नदेखिएकाे बताएका थिए ।
त्यसैगरी शिविरमा आवश्यक ओैषधी निशुल्क वितरण गरिएकाे छ भने डा. विनाेद निता कंडेल आँखा अस्पताल परासीले आखाँका अप्रेसनका विरामीलाई रू. १५ सय छुट सहित ४ हजार ५ सय मा अप्रेसनकाे व्यवस्था गरेकाे समेत आयाेजक संस्थाले जनाएकाे छ ।
उक्त शिविरमा लागि  डा. विनाेद निता कंडेल आँखा अस्पताल परासीबाट ६ जनाकाे टाेलि  खटिएको थियाे ।



Ads