ताजा अपडेटः

सुनवल नगरमा गठबन्धनद्वारा धोका:ने.क.पा (एकीकृत समाजवादी )

सुनवल नगरमा गठबन्धनद्वारा धोका:ने.क.पा (एकीकृत समाजवादी ) प्रकाशित मिति: १७ बैशाख २०७९, शनिबार २१:४१

पुरन अधिकारी,सुनवल ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) का नवलपरासी जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य बृहस्पति अधिकारीले नेपाली काङ्ग्रेस र नेकपा माओवादी सम्मिलित सुनवलको गठबन्धनले नेकपा (एकीकृत समाजवादी ) पार्टीलाई धोका दिएको आरोप लगाउनु भएको छ।

सुनवल वडा नं ४ तुरिया स्थित नगर स्तरिय पार्टीको प्रचार -प्रसार कार्यलयमा पार्टीको नगर स्तरिय प्रतीबद्धता पत्र सार्वजनिक एवं गठबन्धनको सुनवलमा गलत नियतको प्रदाफास गर्न अायोजित पत्रकार सम्मेलनमा उहाँले सुनवलको गठबन्धनलाई यस्तो आरोप लगाउनु भएको हो ।

केही समय अगाडि गठबन्धनसङ्गको छलफल र अान्तरिक बैठकमा लिखित रुपमै नगर उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी ) का अर्जुन सुनारलाई दिने निर्णय भएता पनि एका -एक षड्यन्त्रकै रूपमा नेकपा एमालेका लेखनाथ खरेललाई नेकपा माओवादीमा प्रवेश गराई गठबन्धनले नगर उपप्रमुखमा उम्मेदवार बनाई नेकपा (एकीकृत समाजवादी ) पार्टी प्रती ठुलो घात गरेकोले सुनवल नगर भित्र अाफ्नो पार्टीको कुनै पार्टी सङ्ग गठबन्धन नरहेको र अाफ्नो पार्टी नयाँ भएता पनि सुनवलमा नगर प्रमुख र उपप्रमुख सहित १२ जना उम्मेदवार खडा गर्न सक्नुनै ठुलो सफलता रहेको र अागामी १० वर्षमा यो पार्टी देशकै प्रमुख पार्टी समेत बन्ने केन्द्रीय सदस्य अधिकारीले घोषणा समेत गर्नुभयो ।

उक्त प्रतीबद्धता पत्र सार्वजनिक एवं पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजवादी ) बाट सुनवलमा नगर प्रमुख र उपप्रमुखका उम्मेदवार क्रमशः मेनका मल्ल ,अर्जुन सुनार ,नगर अध्यक्ष एवं वडा नं ४ का वडा अध्यक्षका उम्मेदवार टेक बहादुर पुन लगायत पार्टीबाट सुनवल नगरमा उम्मेदवारी दिएका उम्मेदवारहरु ,चुनाव प्रचार-प्रसार समितिका केन्द्रीय सदस्य टंक खनाल,जिल्ला अध्यक्ष यज्ञ खनाल, सचिवालय सदस्यहरू तेज प्रसाद पौडेल ,राम बहादुर थापा,बिण्णु बराल, जिल्ला सदस्यहरु शुशिला देवकोटा लगायत नेकपा (एकीकृत समाजवादी ) प्रती अास्था राख्ने नगरबासी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

केन्द्र स्तरबाट गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाहरुमा तालमेल राम्रो गरेतापनि प्रदेश र जिल्ला स्तरमा तालमेल राम्रो हुन नसक्दा नगरपालिका र गाउँपालिकाहरुमा तालमेल राम्रो हुन नसकेको सर्ववितै देखिएको सो कार्यक्रममा पार्टीका वक्ताहरूले जानकारी दिदै पुरानो पार्टी परित्याग गरि नयाँ पार्टीमा प्रवेश गर्नेलाई हिजोको दिनमा जसरी नेकपा एमालेका केपी वलीले बढि प्राथमिकता दिए अाज उनकै नक्कल गरि गठबन्धनले समेत त्यस्ता व्यक्तिहरुलाई प्राथमिकतामा राख्नु भनेको नेकपा एमाले जसरी नै गठबन्धन पनि जनताको अाशा र भरोसाबाट अोरालो लाग्नु हो उक्त कार्यक्रममा वक्ताहरुको यस्तो कथन बारम्बार दोहराइरहेको सो कार्यक्रममा २३ बुदे सुनवल नगरपालिकामा नेकपा (एकीकृत समाजवादी ) को प्रतिबद्धता पत्र समेत पढेर सार्वजनिक गरिएको थियोे।



Ads