ताजा अपडेटः

पाल्हिनन्दन गाउँपालिकाले मनाइयाे ईद मिलन कार्यक्रम 

पाल्हिनन्दन गाउँपालिकाले मनाइयाे ईद मिलन कार्यक्रम  प्रकाशित मिति: २८ चैत्र २०८०, बुधबार १०:५६

कल्पना खरेल, नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा हिन्दु र मुस्लिम समुदाय मिलेर सामूहिक रुपमा ईद मिलन कार्यक्रम सम्पन्न भएकाे छ । भाइचारा, आपसी सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्य सहित पाल्हीनन्दन गाउँपालिकाको आयोजनामा ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद मिलन कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथिको पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले ईद पर्वको शुभकामना दिदै देशमा शान्ति, समृद्धि र अमनचयनकाे कामना गर्नुभयाे । साथै उहाँले रहेक धर्मका समुदायहरू आफ्नाे – आफ्नाे धर्ममा कटिबद्व भएपनि एककाे धर्मलाई अर्काेले सम्मान गर्नुपर्ने विचार व्यक्त गर्नुभयाे ।
त्यसैगरी कार्यक्रममा बाेल्दै गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी (सकिना) ले आपसी सद्भाव र भाईचाराको सम्बन्ध कायम गर्न यस कार्यक्रमकाे आयाेजना गरिएकाे बताउनुभयाे । उहाँले नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक राष्ट्र भएकोले एक अर्काकाे धर्म र संस्कृतिको सम्मान गर्नुपर्ने बताउनुभयो ।
पत्रकार हुसेन अन्सारीकाे संचालन र गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) को अध्यक्षतामा भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल), बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्याय, ओल्मा काउन्सिल नेपालका अध्यक्ष सैयद गुलाम हुसेन, ताजुद्दिन अन्सारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।



Ads