ताजा अपडेटः

सुनवलमा अबैध नदिजन्य पदार्थ निकासीमा संलग्न ५ ट्याक्टर नियन्त्रणमा

सुनवलमा अबैध नदिजन्य पदार्थ निकासीमा संलग्न ५ ट्याक्टर नियन्त्रणमा प्रकाशित मिति: १८ चैत्र २०८०, आईतवार १६:०६

कल्पना खरेल, नवलपरासीको ।  ईलाका प्रहरी कार्यालय सुनवलले अबैध नदिजन्य पदार्थ निकासी कार्यमा संलग्न ५ ट्याक्टर नियन्त्रणमा लिएकाे छ । सनिवार साझँ ६:४० बजे  सुनवलबाट प्रहरी निरीक्षको कमाण्डमा खटिएको प्रहरी टोलीले अबैध रुपमा नदिजन्य पदार्थ ढुंगा बोकी राखेको अवस्थामा ती ट्याक्टरहरू नियन्त्रणमा लिएकाे हाे ।
सुनवल वडा नं. ४ स्थित तुरिया खोला र सुनवल ११ स्थित धुर्कोट खोलाबाट नियन्त्रणमा लिइएका टेक्टरहरूमा लु ३ त ६७०३, लु ३ त ४९०१, लु ४ त २७६८, लु ३ त २१२४ र लु ३ त ६७०३ रहेकाे प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले बताउनुभएकाे छ ।
नियन्त्रणमा लिइएको टेक्टरलाई आवश्यक कारवाहीको लागि सुनवल नगरपालिकाको कार्यालय पठाइएकाे छ ।