ताजा अपडेटः

सुनवलबाट ३ लाख बढिकाे भन्सार छलिका कपडा बरामद

सुनवलबाट ३ लाख बढिकाे भन्सार छलिका कपडा बरामद प्रकाशित मिति: १८ चैत्र २०८०, आईतवार १५:४२

कल्पना खरेल, नवलपरासी । ईलाका प्रहरी कार्यालय सुनवलले करिब ३ लाख भन्दा बढिकाे भन्सार छलिका अबैध कपडा बरामद गरेकाे छ ।  आज आइतबार विहान ७:३० बजे सुनवलबाट खटिएको प्रहरी गस्ती टोलीले  सुनवल -१ पाईनर चोक नजिकै बाटो छेउमा राखिएका भन्सार छलिका ३ लाख २७ हजार ६ सय बराबरको अबैध कपडा बरामद गरेकाे हाे ।
बरामद गरिएकाे कपडाहरूमा अमुल सेतो सेण्डो, लेहेङ्गा, साडी, सुट र  टप्स रहेकाे प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएकाे छ ।
नियन्त्रणमा लिईएकाे भन्सार छलिका कपडालाई आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको र अन्य अनुसन्धान कार्य जारी रहेको समेत डिएसपी बाेहराले बताउनुभयाे ।



Ads