ताजा अपडेटः

स्थानिय (भोजपुरी) भाषामा समेत नागरिक वडापत्र राखियाे

स्थानिय (भोजपुरी) भाषामा समेत नागरिक वडापत्र राखियाे प्रकाशित मिति: १७ चैत्र २०८०, शनिबार १२:२३

कल्पना खरेल, नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले आज सनिवार स्थानिय (भोजपुरी) भाषामा नागरिक वडापत्र राखेकाे छ । भाषिक समस्याका कारण आम नागरिकले प्रहरी सेवाबाट वञ्चित वा थप झन्झट व्यहोर्नु नपरोस् भन्ने उदेश्यले स्थानिय भाषामा सबेेैले देख्ने ठाउँमा भाेजपुरी नागरिक वडापत्र राखेकाे हाे ।
सुशासन (व्यवस्थापन तथा संचालन) ऐन २०६४ को सार्वजनिक सेवा प्रदान गर्ने वा जनसम्पर्क कायम राख्ने प्रत्येक सरकारी कार्यालयले नेपाली भाषामा नागरिक वडापत्र राखेर कार्यान्वयनमा ल्याइदै आइरहेको थियाे ।


जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक काजी कुमार आचार्य, प्रहरी नायव उपरीक्षक रेशम बोहरा, पुर्व प्रहरी संगठन नवलपरासीका अध्यक्ष ओम प्रकाश चौधरी, सेवाग्राहिहरु तथा प्रहरी कर्मचारीहरु समेतको उपस्थितीमा नागरिक वडापत्रको व्यवस्था गरिएकाे प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएकाे छ ।
जसका कारण आम नागरिकले प्रहरी कार्यालयबाट प्राप्त हुने सेवा,लाग्ने समय, सो सम्वन्धि प्रकृयाका साथै सम्बन्धित शाखा, जिम्मेवार अधिकारी तथा गुनासो सुन्ने अधिकारीका विषयमा बिस्तृत जानकारी प्राप्त गर्नसक्नेछन् ।


सोही सिलसिलामा भाषा र प्रकृयाको जानकारीका अभावमा तेस्रो पक्षको सहारा खोज्ने प्रवृत्तिलाई अन्त्य गरि नागरिक मैत्री सेवा प्रवाहमा अभिवृद्धि गर्ने लक्ष्य सहित सेवाग्राहीहरुको सहजता र सुविधाको लागि २ जना नागरिक सहजकर्ता समेत परिचालन गरिएको डिएसपी बाेहराकाे भनाइ छ ।



Ads