ताजा अपडेटः

सुर्यपुरा स्थित गण्डक नहरमा डल्फिन भेटियो

सुर्यपुरा स्थित गण्डक नहरमा डल्फिन भेटियो प्रकाशित मिति: १६ चैत्र २०८०, शुक्रबार २२:३०

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर ७ सुर्यपुरास्थित गण्डक नहरमा आज दिउँसो डल्फिन भेटिएको छ ।  भेटिएको डल्फिनलाई स्थानीय, वन रक्षक तथा प्रहरीको सहयोगमा उद्धार गरी पुर्वी नवलपरासीको त्रिवेणीस्थित नारायणी नदीमा छाडिएको जिल्ला वन कार्यालयका निमित्त प्रमुख रविन्द्रनाथ चौधरीले जानकारी दिनुभयाे ।


केही दिन देखि सुर्यपुरामा रहेको गण्डक विद्युत गृहको बाँध आसपास पानी कम भएको मौकामा स्थानीयले डल्फिनको खोजी गर्दै आएका थिए । उक्त डल्फिल त्रिवेणीस्थित गण्डक बाँधबाट भारतीय नहर हुदै सुर्यपुरा विद्युत गृहको बाँध सम्म आईपुगेको हाे । उक्त डल्फिन अनुमानित ७०÷७५ किलोको थियो भने लम्बाई ६ फिट बढी थियो ।



Ads