ताजा अपडेटः

“तरकारी फल्छ र तिराैला भनेर ल्याएकाे ऋण ” ले रूनु न हास्नु गरायाे

“तरकारी फल्छ र तिराैला भनेर ल्याएकाे ऋण ” ले रूनु न हास्नु गरायाे प्रकाशित मिति: १३ चैत्र २०८०, मंगलवार २०:५२

कल्पना खरेल,नवलपरासी । गएराति आएकाे अविरल वर्षा सहितकाे असिना पानीले पश्चिम नवलपरासीकाे सुनवलमा ७५ प्रतिशत खेती नष्ट भएकाे सुनवल कृषि शाखाका  प्रमुख सन्ताेष कण्डेलले बताउनुभएकाे छ ।
सुनवलकाे करिब ४१ सय हेक्टर कृषि याेग्य जमिनमा गरिएकाे कृषि खेतीमा अचानक पटक- पटक गरि तीन पटक सम्म आएकाे असिना पानीले ७५ प्रतिशत खेती नष्ट भएकाे हाे ।
असिना पानीले आजभोलि सेहार्न ठिक्क हिउदे बालिमा गहुँ , मसुराे, लतरी र हुर्कदै गरेकाे मकैलाई नराम्री प्रभावित पारेकाे छ भने माैसमी तथा बेमौसमी तरकारी खेतीमा गाेलभेडा,बाेडि,फर्सी ,लाैका ,करेला भेन्डि नष्ट गरेकाे छ ।
जिविकाे पार्जनका लागि मात्र नभई , आम्दानीकाे स्राेतकाे बलियो आधार बनाएकाे खेती नष्ट हुदा खाने, छाेराछाेरी पढाउने मात्र नभई कसरी बाच्ने भन्ने सम्मकाे समस्या आएकाे सुनवल -२, रजहवाका कृषक नरेश कुमार गुप्ताले बताएका छन् ।
उनले स्थानीय सरकारलाई बर्सेनि लाखाै कर तिरेकाेले अब कृषकको समस्यालाई बुझि राहतकाे व्यवस्था ल्याउन समेत सम्बन्धित पक्षलाई आग्रह गरे ।
उता अरूकाे जमिन कमाउदै आएकाे सुनवल,१० गैडाखाल निवासी रेउती तिवारीले  यति राम्रो गहुँ खेती ,काट्ने बेलामा असिना पानीले  मासिदा  जग्गा धनीलाई  कसरी भर्ने कसरी खाने भन्दै दुखेसाे पाेखिन ।
त्यसैगरी १०-१२ लाख कमाउने आसमा करिब १ बिगाहा जग्गा भाडामा लिएर बेमौसमी गाेलभेडा र तरकारी खेती गरिएकाेमा याे विनाशकारी प्राकृतिक क्षेतिले रूनु न हास्नु गराएकाे सुनवल-३, किर्तिपुर १ कि दिपा घर्तिले बताएकी छन् ।
तरकारी फल्छ र तिराैला भनेर ल्याएकाे २ लाख ऋण अब कसरी तिर्ने भन्दै घर्तीले किसानको मर्मलाई बुझि राहत वितरण गर्न स्थानीय , प्रदेश र केन्द्रीय सरकार सम्म घर्तीले माग गरेकि छन् ।
सुनवल नगरपालिकाकाे १३ वटै वडामा व्यवसायीक रूपमै खेती गरी आम्दानीको बलियाे आधार बनाएका कृषकलाई भने गएराति आएकाे अविरल वर्षा सहितकाे असिना पानीले नराम्ररी प्रभावित मात्र पारेन यतिबेला अन्याैलता समेत सृजना गरेकाे छ ।



Ads