ताजा अपडेटः

सुनवलमा ३ मा झाेला तथा व्याग बनाउने तालिम सुरू

सुनवलमा ३ मा झाेला तथा व्याग बनाउने तालिम सुरू प्रकाशित मिति: ११ चैत्र २०८०, आईतवार २०:१९

कल्पना खरेल,नवलपरासी ।  महिला उद्यम केन्द्र उपभोक्ता समिति सुनवल ३, पश्चिम नवलपरासीमा  आज आइतबारबाट झाेला तथा व्याग बनाउने तालिम  सुरू भएकाे छ ।
महिला उद्यम केन्द्र उपभोक्ता समितिका अध्यक्ष खुबी गुरूङकाे अध्यक्षता तथा वडा नम्बर ३ का वडा अध्यक्ष पविन गुरूङकाे प्रमुख आतिथ्यतामा १५ दिन सम्म उक्त झाेला तथा व्याग बनाउने तालिम  सुरू  भएकाे हाे ।
” महिलामा लगानी सभ्य र समुन्नत समाजकाे थालनी” भन्ने नारा सहित सुरू भएकाे तालिममा बाेल्दै वडा नम्बर ३ का वडा अध्यक्ष  गुरूङले महिलालाई आत्मनिर्भर बनाइ एक सफल उद्यमी बनाउने लक्ष्य सहित तालिमकाे आयाेजना गरिएकाे बताउनुभयाे ।
तालिम तालिममा मात्र सिमित नभई तालिमकाे सकारात्मक प्रभावकारीता देखिनुपर्ने भन्दै राज्यकाे पैसा दुरुपयोग हुनबाट सजग रहन सबैलाई आग्रह गर्नुभयाे ।
त्यसैगरी वडा सदस्य श्याम गुरूङले प्रत्येक बर्ष महिला नेतृत्व विकास र महिला क्षमता अभिवृद्धि गर्ने भन्दै लाखाै पैसा खर्च भएपनि महिलाहरूले खासै लाभ लिन नसकेकाे तर्क गर्नुभयाे ।साथै उहाँले याे तालिमले परनिर्भरतालाई ताेड्दै आत्मनिर्भर बनाउन एक अहम भुमिका खेल्न जरूरी रहेकाे  बताउनुभयाे
महिला उद्यम केन्द्र उपभोक्ता समितिकाे सचिव   बिनु परियारकाे संचालन र महिला उद्यम केन्द्र उपभोक्ता समितिकाे निवर्तमान अध्यक्ष शारदा भण्डारीकाे स्वागत रहेकाे कार्यक्रममा निवर्तमान वडा अध्यक्षकर्ण सेन ठकुरी,सरस्वती ज्ञवाली लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।



Ads