ताजा अपडेटः

मधेस साँस्कृतिक पार्कमा प्रथम ऐतिहासिक सांस्कृतिक महाेत्सव हुँदै

मधेस साँस्कृतिक पार्कमा प्रथम ऐतिहासिक सांस्कृतिक महाेत्सव हुँदै प्रकाशित मिति: १० चैत्र २०८०, शनिबार २१:३९

कल्पना खरेल,नवलपरासी । मधेसी संस्कृतिकाे संरक्षण, सम्बर्द्धन र नयाँ पुस्ता हस्तान्तरण गर्ने लक्ष्य सहित प्रथम मधेस महाेत्सव २०८०   हुने भएकाे छ । आज सनिवार पत्रकार सम्मेलनकाे आयाेजना गरि  मधेस साँस्कृतिक पार्क सरावल ४ ललितपुर मा यहीँ चैत्र १३ र १४ गते उक्त महाेत्सव हुन लागेकाे जानकारी गराइएकाे थियाे ।
मधेश संस्कृति संरक्षण संस्थाका अध्यक्ष विष्णु यादव काे अध्यक्षता तथा सरावल गाउँपालिकाकाे अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा मधेस पार्ककाे रूपमा विकास गर्ने उदेश्य सहित एउटा ऐतिहासिक कामकाे थालनी गरिएकाे जानकारी गराइएको थियाे ।


कार्यक्रममा बाेल्दै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले कुनैपनि पालिकाकाे विकासकाे निम्ति भाैतिक पूर्वाधारको विकासकाे साथसाथै त्यस क्षेत्रकाे कला,संस्कृतिको विकास र जगेर्ना गर्नुपनि उतिनै आवश्यक रहेकाे धारणा राख्नुभयाे ।
उहाँले उक्त महाेत्सवमा देश विदेशका ख्यातिप्राप्त  पहलमानहरूद्वारा कुस्ती,मधेसी समुदायको पहिचान झल्किने सामाग्री प्रदर्शन र मनाेरन्जनका लागि मधेसी समुदायकाे कला सहितकाे बेजोड सांस्कृतिक कार्यक्रमकाे आयाेजना गरिएकाे समेत जानकारी दिनुभयाे ।
त्यसैगरी साेहि क्रममा बाेल्दै सरावल गाउँपालिका वडा न.४ का वडा अध्यक्ष तथा प्रवक्ता सुरेस प्रसाद यादवले यस अघि भएका मधेस आन्दोलनकाे कुनैपनि उपलब्धि नभएकाे भन्दै  मधेस साँस्कृतिक पार्क निर्माणले एक इतिहास रच्ने कुरामा आफु विश्वस्त रहेकाे बताउनुभयाे ।


करबि २ विगाहा भन्दा बढि रहेकाे यस पार्ककाे डिपिआर समेत भईसकेकाेले  अपुग भए पछाडि ३ बिगाहा जग्गा अलग जग्गा रहेकाेले समेत जानकारी गराइएकाे थियाे ।
कार्यक्रम संजय माैर्यकाे संचालनमा सम्पन्न भएकाे हाे ।



Ads