ताजा अपडेटः

फरार प्रतिवादी घटनाको २२ वर्ष पछि पक्राउ

फरार प्रतिवादी घटनाको २२ वर्ष पछि पक्राउ प्रकाशित मिति: ८ चैत्र २०८०, बिहीबार २२:१०

कल्पना खरेल, नवलपरासी ।  सर्वस्व सहित जन्मकैद सजाय भएकाे फरार  प्रतिवादी ४२ वर्षिय केशव गुरूङ भनिने करण गुरूङलाई प्रहरीले पक्राउ गरेकाे छ ।
घटना पश्चात भारत गई लुकि केहि समय पश्चात्  नेपालका विभिन्न स्थानमा रहदैँ हाल घर गाँउ बर्दघाट नगरपालिका वडा नम्बर १६ मा लुकिछिपि बसेका गुरूङलाई विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले २२ बर्षपछि  बुधबार दिउँसो ३ बजे पक्राउ गरेकाे हाे ।
उनले पश्चिम नवलपरासीकाे साविक दाउन्ने देवी गा.वि.स. वडा नं. १ हाल बर्दघाट नगरपालिका वडा नं. १६ सुर्यबस्ती बस्ने बुद्धिजंग रानालाई वि.स. २०५८ कात्तिक १५ गते गोली हानी   हत्या गरेका थिए ।


अभियुक्त केशव गुरूङ भनिने करण गुरूङलाई जिल्ला अदालत नवलपरासीले  वि.स. २०६६ असार २८  गतेको सर्वस्व सहित जन्मकैदको सजाय फैसला सुनाएकाे थियाे ।
आज उनलाई फैसला कार्यन्वयनको लागी सम्मानित नवलपरासी जिल्ला अदालत परासी पठाईएको प्रहरी नायव उपरीक्षक  एवम् सुचना अधिकारी रेशम बोहराले जानकारी दिनुभएकाे छ ।



Ads