ताजा अपडेटः

सुस्तामा हजुरबुवा र नातीको हत्या गर्ने व्यक्तिहरु पक्राउ

सुस्तामा हजुरबुवा र नातीको हत्या गर्ने व्यक्तिहरु पक्राउ प्रकाशित मिति: ४ चैत्र २०८०, आईतवार १८:३८


कल्पना खरेल, नवलपरासी ।   पश्चिम नवलपरासीको सुस्ता गा.पा. वडा नम्बर ३ मर्चहवामा धारिलो हतियार प्रयाेग गरी हजुरबुबा र नातीकाे हत्या गर्ने व्यक्ति प्रक्राउ परेकाे छ ।
यहीँ फागुन १ गते बिहान ५:५५ बजे अक्षयलाल चमारकाे घर अगाडि  र निजको नाति गौचरण चमारको १० मिटर पश्चिममा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियाे ।
अनुसन्धानको क्रममा जिल्ला नवलपरासी सुस्ता गाउँपालिका वडा न. ३ मर्चहवा बस्ने वर्ष २९ को अजय धरिकार र साेहि  बस्ने वर्ष २० को चन्दन हरिजनको संलग्नतामा हत्या गरिएकाे प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएकाे छ ।
हत्या गरिएकाे व्यक्तिलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय बेलाटारी मार्फत  जिल्ला अदालत परासीबाट ज्यान सम्बन्धि कसुर मुद्दामा दिन ७ म्याद थप गरी अनुसन्धान भईरहेको समेत डिएसपी बाेहराले  जानकारी दिनुभयाे ।
अनुसन्धानका क्रममा तालिम प्राप्त कुकुर परिचालन गरीएको र घटना घटेको ३ दिन पश्चात CIB को प्रहरी टोली समेत संलग्न भई अनुसन्धानलाई अघि बढाईएको थियाे ।



Ads